०२ साउन २०८३, शनिबार

ट्याङ्करमा आगलागी हुँदा फिलिपिन्समा २ जनाको मृत्यु

कात्तिक ६, २०८०
काठमाडौं
ट्याङ्करमा आगलागी हुँदा फिलिपिन्समा २ जनाको मृत्यु

मनिला– फिलिपिन्सको राजधानी मनिलाको दक्षिणमा रहेको बटाङ्गस प्रान्तमा आइतवार लङ्गरमा राखिएको मोटर ट्याङ्करमा आगलागी हुँदा दुई जनाको मृत्यु भएको  छ ।

नीय समयअनुसार बिहान ९ बजे मोटर ट्याङ्कर सी हर्स नामक जहाजमा आगलागी हुँदा एक जनाको मृत्यु भएको फिलिपिन्स कोस्ट गार्डले जानकारी दिएको छ । दुई घण्टापछि दमकलको सहायताले आगो निभाइएको थियो ।

पोर्ट अफ बटाङ्गासका प्रबन्धक जोसेलिटो सिनोक्रजले दिएको पछिल्लो जनाकारीअनुसार दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने दुई जना अझै बेपत्ता छन्।

सिनोक्रजले रेडियो अन्तर्वार्तामा  बताएअनुसार ट्याङ्कर भेसलभित्र दुईवटा शव भेटिएको थियो । जहाजमा आगो लाग्दा सात जना मानिस त्यहाँ रहेको बुझिएको छ ।  घटना हुँदा ट्याङ्कर रित्तो रहेको पनि उनले जानकारी दिएका छन् ।

आगलागीको कारण पत्ता लगाउन अनुसन्धान भइरहेको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्