०८ साउन २०८३, शुक्रबार

फाइनलमा पुगिसकेको नेपालका लागि अभ्यास खेल, यूएईका लागि महत्वपूर्ण

कात्तिक ६, २०८०
काठमाडौं
फाइनलमा पुगिसकेको नेपालका लागि अभ्यास खेल, यूएईका लागि महत्वपूर्ण

त्रिदेशीय टी–२० क्रिकेट श्रृंखलाको फाइनलमा पुगिसेको नेपाल आज समूह चरणको अन्तिम खेलमा यूएईसँग खेल्दैछ ।

घरेलु टोली नेपाल र यूएईबीचको खेल बिहान ११ बजे मुलपानी क्रिकेट  मैदानमा हुनेछ । 

नेपाल शुरुवाती तीन खेलमा जीतका साथ फाइनलमा पुगिसकेको छ । यसर्थ आजको खेल नेपाललाई फाइनलअघिको तयारीस्वरुप राम्रो अभ्यास खेल हुनेछ ।

नेपालले पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । यस्तै हङकङलाई नेपालले दुवै खेलमा क्रमशः ६ विकेट र ७९ रनले हराएको थियो । 

अभ्यासजस्तो खेल भएकाले आज नेपाली टोलीका मुख्य प्रशिक्षक मोन्टी देसाईले भेट्रान विनोद भण्डारी, युवाहरू विवेक यादव र लोकेश यादवलाई मौका दिने सम्भावना रहेको नेपाल क्रिकेट संघ (क्यान) स्रोतले जनाएको छ ।

अर्कोतर्फ यूएईले यसअघि हङकङ ६ विकेटले हराएको थियो । फाइनलमा पुग्न बाँकी दुईमध्ये एक खेल यूएईले जित्नुपर्ने हुन्छ ।

यसर्थ, यूएईले आज नेपाललाई जिते फाइनलमा पुग्नेछ । यसैले, आज उसका लागि यो खेल महत्वपूर्ण हुनेछ । यूएई पक्कै आज नेपाललाई हराउँदै फाइनलमा स्थान बनाउन चाहन्छ । 

पछिल्लो समयमा ठूला खेलको अनुभवी रहेको नेपाललाई​ हराउन यूएईलाई​ सजिलो भने छैन । नेपालसँग पराजित हुँदा यूएईले बुधवार हङकङलाई हराउनुपर्ने हुन्छ । यूएईले हारेमा हङकङ फाइनलमा पुग्नेछ । 

salt training

कमेन्ट गर्नुहोस्