०६ साउन २०८३, बुधबार

टीकाको दिन यी रुटमा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने

कात्तिक ६, २०८०
काठमाडौं
टीकाको दिन यी रुटमा प्रहरीले निःशुल्क बस सञ्चालन गर्ने

नेपाल प्रहरीले दशैँको टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ। मंगलबार टीकाको दिन बिहान साढे ८ बजेदेखि अपराह्न ४ बजेसम्म काठमाडौं उपत्यकामा निःशुल्क बस सेवा सञ्चालन गर्ने प्रहरी प्रधान कार्यालयले जनाएको छ । 

कार्यालयका अनुसार टीकाको दिन सार्वजनिक सवारी कम चल्ने भएकाले आम सर्वसाधरणको लागि दुईवटा बस सञ्चालन गर्न लागेको हो । 

रुट नम्बर १ मा रहेको बसले नक्साल, बालुवाटार, टिचिङ अस्पताल, चक्रपथ, नयाँबसपार्क, बालाजु, स्वयम्भु, कलंकी, बल्खु, सातदोबाटो, लगनखेल, जावलाखेल, थापाथली, माईतीघर, पुतलीसडक हुदैँ जय नेपाल हलसम्म परिक्रमा गर्ने प्रहरी प्रवक्ता कडायतले जानकारी दिए । उनका अनुसार रुट नम्बर २ को बस नक्साल, रातोपुल, गौशाला, एयरपोर्ट, कोटेश्वर, ठिमी, सल्लाघारी, सुर्यविनायक, चाबहिल, सुकेरधारा, चक्रपथ, टिचिङ हुदैँ बालुवाटारसम्म पुग्नेछ।

salt training

कमेन्ट गर्नुहोस्