१२ असार २०८३, शुक्रबार

दशैंको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा​​

कात्तिक ६, २०८०
काठमाडौं
दशैंको शुभसाइत बिहान ११ बजेर २ मिनेटमा​​

पञ्चाङ्ग निर्णायक समितिले दशैंको टीकाको साइत भोलि (मंगलबार) बिहान ११ बजेर २ मिनेटमा उत्तम रहेको जनाएको छ।​

पञ्चाङ्ग निर्णायक समितिले एक विज्ञप्ति प्रकाशित गरी घटस्थापनादेखि कोजाग्रत पूर्णिमासम्मको दशैंको शुभसाइत सार्वजनिक गरेको थियो ।

घटस्थापना असोज २८ गते बिहान ११ बजेर २९ मिनेटको समय उत्तम साइत रहेको थियो । 

गत साउन महिनामा अधिकमास परेका कारण यस वर्ष असोज अन्तिमदेखि नेपालीको महान् पर्व बडादसैँ सुरु भएको हो । कात्तिक  ७ गते बडादसैँको मुख्य दिनअर्थात् विजयादशमी परेको छ। कात्तिक ११ गते कोजाग्रत पूर्णिमा मनाएपछि १५ दिन लामो बडादशैँ पर्व समाप्त हुन्छ।

salt training

कमेन्ट गर्नुहोस्