३२ असार २०८३, बिहीबार
एसीसी यू-१९ प्रिमियर कप

देव खनालको सानदार शतक, नेपालले दियो यूएईलाई २८१ रनको लक्ष्य

कात्तिक ७, २०८०
काठमाडौं
देव खनालको सानदार शतक, नेपालले दियो यूएईलाई २८१ रनको लक्ष्य

एसीसी यू-१९ प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई २८१ रनको लक्ष्य दिएको छ । मलेसियाको क्वालाम्पुरस्थित बायोमास ओभलमा आज बिहान टस जितेर पहिला ब्याटिङ रोजेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २८० रन बनाएको हो । 

नेपालका लागि कप्तान देव खनालले सर्वाधिक १०० रन बनाए । ९२ बल खेलेका उनले ९ चौका ३ छक्का प्रहार गरे । 

यस्तै उत्तम थापामगरले ५७ र अर्जुन कुमालले ५५ रन बनाए । दीपक डुम्रेले २८ रन बनाए । 

यूएईका हरित शेट्टीले ५ विकेट लिए ।

नेपालले समूह चरणका तीन वटै खेलमा जीत हात पारेको थियो। नेपालले आफ्नो पहिलो खेलमा इरानलाई २ सय ७४ रन, दोस्रो खेलमा बहराइनलाई ७ विकेट र तेस्रो खेलमा साउदी अरेबियालाई ३ सय २ रनले पराजित गरेको थियो।

वर्षाले प्रभावित सेमिफाइनलमा नेपालले जापानविरुद्ध १ सय ४३ रनको फराकिलो जित निकालेको थियो। सेमिफाइनल प्रवेश गरेसँगै एसिया कपमा लागि छनोट भइसका नेपाल र युएई भारत र पाकिस्तान सम्मिलित समूह ए छन्। एसिया कप डिसेम्बरमा पाकिस्तानमा आयोजना हुँदै छ।

salt training

कमेन्ट गर्नुहोस्