२८ जेठ २०८३, बिहीबार

दुर्गामुर्ति विसर्जन गर्न जाँदा खोलामा डुबेर २ जनाको मृत्यु, १ बेपत्ता

कात्तिक ७, २०८०
बुटवल
दुर्गामुर्ति विसर्जन गर्न जाँदा खोलामा डुबेर २ जनाको मृत्यु, १ बेपत्ता

रुपन्देहीमा खोलामा डुबेर २ जनाको मृत्यु भएको छ भने एकजना वेपत्ता भएका छन् ।

दशैंको दुर्गा भवानीको मुर्ती विसर्जन गर्न गएका हजारौंमध्ये ३ जना जिल्लाको कोटहीमाई १ अमरजगञ्जस्थित दुई मुहान खोलामा डुबेर बेपत्ता भएका थिए । जसमध्ये २ जनाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी निरीक्षक किशोर केसीले बताए ।

मृत्यु हुनेमा सोही गाउँका २४ वर्षीय अजयकुमार नाऊ र १८ वर्षीय अजय भर रहेका छन् । बेपत्ता हुनेमा २८ वर्षीय सन्तकुमार राजभर रहेका छन् ।

उनको खोजी भइरहेको प्रहरी निरीक्षक केसीले जानकारी दिए । विजया दशमीका दिन मंगलवार दिउँसो डेढ बजे गाउँका हजारौं मानिस मुर्ती विसर्जन गर्न उक्त खोलामा गएका थिए ।
 

salt training

कमेन्ट गर्नुहोस्