
चीनले रक्षामन्त्री ली शाङ्फुलाई आधिकारिक बर्खास्त गरेको छ । सार्वजनिक जीवनबाट गुमनाम भएको दुई महिनापछि चीन सरकारले रक्षामन्त्री लीलाई बर्खास्त गरेको सीएनएनले जनाएको छ ।
उनलाई बर्खास्त गर्नुका कारण भने खुलाइएको छैन । उनको स्थानमा नयाँ रक्षामन्त्री पनि नियुक्त/नगरिएकोबारे केही जानकारी दिइएको छैन ।
मार्चमा रक्षा मन्त्री नियुक्त भएका ली अगस्टको अन्त्यदेखि सार्वजनिक रूपमा देखा परेका छैनन् ।
कुनै आधिकारिक स्पष्टीकरणबिना मन्त्री पद गुमाउने उनी दोस्रो हाई प्रोफाइल मन्त्री बनेका छन् ।