२५ जेठ २०८३, सोमबार

दशैंको टीका–जमरा लगाउने क्रम जारी, केही दिन सुनसान बनेको काठमाडौंमा चहलपहल बढ्यो

कात्तिक ८, २०८०
काठमाडौं
दशैंको टीका–जमरा लगाउने क्रम जारी, केही दिन सुनसान बनेको काठमाडौंमा चहलपहल बढ्यो

आश्विन शुक्ल एकादशीका दिन आज नवदुर्गाको प्रसाद स्वरूप टीका एवं जमरा लगाउन र आशीर्वाद थाप्न मान्यजनका घरमा जानेको चहलपहल बढेको छ । विजयादशमीका दिन नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । पहिलो मान्यजनकहाँ जान नपाएकाहरू आज पनि टीका थाप्न हिँडेका हुन् । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारी कोजाग्रत पूर्णिमाका दिन अखिल बलिपूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रुपमा कुनै बाधा नरहेको बताउँछन् । केही दिन सुनसान रहेको राजधानी शहरमा आजदेखि भने केही चहलपहल बढ्न थालेको देखिन्छ ।

salt training

कमेन्ट गर्नुहोस्