×

NIC ASIA

असोज तेस्रो साता बिहीबार, बुकीबाट गोठ औल झर्ने दिन । लाहुरेहरू आउनु र बुकीबाट गोठालाहरूको हुल गाउँमा झर्नु दशैंको रौनक हो ।

Muktinath Bank

‘भोलि साँझ डाँफे चराउन जाने’, सुत्ने बेला गोठमा सल्लाह भयो । घरपालुवा कुखुरा चराउने जस्तो होइन । लेकको घना जंगलभित्र डाँफे चरी चिरचिर गर्दै कराउँछ । त्यसैको आवाजमा र डाँफेको सुली, चाराका लागि खोस्रेका आलो माटो हेर्दैै चराउने हो ।


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

डाँफे चराउन साइँला दाइ अलिक सिपालु हुनुहुन्थ्यो । साइँला दाइले भन्दै जानुभयो, ‘हिजो दिउँसो माथि डाँफेकोटमा बिरहका गीत गाएको छ डाँफेले । यसपालि मार्न पनि सजिलो हुन्छ । पोहोरको प्वाँख सक्कियो । आधा झाँक्रीको शिरमा लगाउने डाँफेपाटन भयो ।


Advertisment
Nabil box
Kumari

आधा सर (तारा खेल अर्थात् धनुषवाणमा राखेर हान्ने तीरलाई सर भनिन्छ । तीरमा डाँफेको प्वाँख र शिरको कल्की राख्ने चलन छ)मा राखियो । कल्की यसपालि मुस्ताङका थकालीले पनि ल्याइदिनु भनेका छन् ।

Vianet communication

उनीहरूले तारा हान्ने होलीमा हो । पुसमा जाँदा लगिदिने हो ।’ नभन्दै त्यस दिन तीनवटा भाले डाँफे पासोमा पर्‍यो । 

झाँक्रीहरूले शिरमा श्रीपेज जस्तै डाँफेको हल्का रातो प्वाँख पहिरिन्छन्, जसलाई डाँफेपाटन भनिन्छ । झाँक्रीहरू देउताले छोयो भनेर जति काँप्छन्, उति नै डाँफेपाटन र लगाएका घण्टको आवाज तथा ढ्याङ्ग्रोको ध्वाङध्वाङसँगै गजबको ताल झिकेर उफ्रिन्छन् ।

ताराखोलामा प्रयोग हुने सरमा डाँफेले पाट्ने, जसले हावा कात्छ । सरको पाटनसँगै डाँफेको जुरी त्यसैमा जोड्ने । जब, फ्ल्यागमा सर लाग्छ, डाँफेको शिरको कल्की फरर गरिरहन्छ ।

यसपालि डाँफे किन रुन्छन् ? गजबको वातावरण हुन्छ । सम्पूर्ण डाँफेकोट, चहुर, पाटन आदि लेकाली भू–भाग हिउँले ढाकिएको बेला चौर पुरै रुखो हुन्छ । भेडीखर्क–भेडीगोठतिर भेडाहरू एक तमासले कराउन थाल्छन् र पाखापखेरामा घाँस खोज्नतिर लाग्छन् ।

यस बखत डाँफे बिरिक्तिन्छ, उसलाई सुन्दर लेक पनि नरमाइलो लाग्न थाल्दछ । ऊ उदास बन्दछ, नरमाइलो आवाज निकालेर कराउन थाल्दछ, जसलाई बुढापाकाहरूले डाँफे बिरक्तिएर एकोहोरो भएको बुझ्छन् । डाँफे बिरक्तिएका बेला पासामा पार्न सजिलो हुन्छ ।

डाँफेका बिरहका आवाजमा, कहानी गाइनेहरूले अब कर्खामा बाँध्न थाल्छन् । कर्खाका कहानी आ–आफ्ना छन् । कर्णालीमा उडेका डाँफेको उसकै आवाजमा छ । धवलागिरि वरपरको डाँफेको कर्खा त्यही ढंगको छ । सप्तकोशीको कर्खाको आफ्नै भाका छ । सगरमाथाले जनकपुर भेट्छ, धौलागिरीले गण्डकीसम्म भेट्छ । सिस्नेको डाँफेले दाङ नेपालगञ्जसम्म कर्खा गाउँछ । रारा लेकको डाँफे चिसापानीसम्म कर्खा बुन्छ । काले गाइने दशैंताका सधैँ गाउँ पस्छन् । काले गाइनेको पुर्खाले चाहिँ दैलेख दरबारमा कर्खा बाँधेका रहेछन् । कालेको पुर्खाको एक भाइ चौबीसे राज्यका भुरेटाकुरे राजाहरूलाई रमाइलो गराउँदै यता पूर्व आइपुगेका रहेछन् ।

असोजको तेस्रो हप्ता । बारीका मकै पाकेर निख्रिसकेको थियो । बारीका छेउमा मकैका डाँठका सुली । लहरै झुन्डिएका मकैका घोकाका पँहेला र सेता सुन–चाँदीजस्तो देखिने लहर आहा ! दशैं ढिला परेकाले हिलो मैलो केही नभएको । झन्डै ६ महिनापछि घर–परिवारसँगको भेट । भेडाका पाठा–पाठी घर–आगनमा बुरुक्क–बुरुक्क उफ्रिएका, पाखाभरी लपक्कै गाजो/खर खाँदै चरणमा मक्ख भेडाभेडी, वस्तुभाउ । यो दृश्यले मन आफैंमा चङ्गा भएको छ ।

नवरात्रिको पहिलो दिन राखिएको जमरा । हल्का मनतातो पानी बिहान–बेलुका छम्किने । कसको घरमा जमरा कति अग्ला भए भनेर जमरा छोपेको डालो निकाल्दै हेर्न निक्कै रहर लाग्ने । अब मार हान्ने दिन नजिकिँदै गयो । दशैंको रौनक ल्याउन गाइनेले बजाउने सारङ्गीको राग गुञ्जिएपछि दशैंले छपक्कै छुन्छ ।

‘जदौ ! काले गाइने आइपुग्यो ।’ काले गाइनेको आफैँ नाम भनेर घरबेटीलाई जानकारी गराउने उसको पुरानै शैली हो ।

घरको पिँढीमा थचक्क बसेर कालेले सारङ्गी तारहरू ट्याउँ..ट्याउँको आवाज निकाल्दै तार कसेर राग मिलायो । कालेले सारङ्गी रेट्दै कर्खा कहन थाल्यो । आमाको छेउमा बसेर म सुन्न थालेँ । उसले जब कर्खा बाँध्न थाल्यो साँच्चै हो कि के हो मनमा बिरह चल्न थाल्यो । उसको कर्खा एउटा डाँफे चरीको थियो । साइँला दाइले पासोमा पारेर मारेको डाँफेको जीवनकहानी जस्तो लाग्यो । डाँफेको प्वाँख, कल्की जावी (स्थानीय अल्लोबाट बुनेको झोला)मा जतनका साथ राखेका थियौं । कर्खा शुरू भएदेखि त्यही प्वाँख, कल्की हेर्न गएँ, किन डाँफे मारिएछ भनेर मनमा बिरह चल्दै थियो । काले गाइनेको कर्खा थियो–

ढोर जाने देउराली बरै, फूल चढाएर दर्शन गर्‍यो, 

भुरुरु उड्यो डाँफे बरै, बस्यो उत्तर गंगा मुहानमै झर्‍यो ।

भुरुरु उड्यो डाँफे स्यालपाखे सल्हथान बस्यो,

डाँडा हेर्‍यो बरै, मरेकी डाँफेनी सम्झयो ।

रुदैं पूर्व उड्यो भुरुरु डाँफे, बाग्लुङ कालिका दर्शन गर्‍यो,

कालीको तिरैतिर बेनीघाटमा झर्‍यो ।

काली मुहान भेट्न जाँदा बरै गलेश्वरमा ठकुर्नी मैयाँ,

लेटे पुग्दा धान चामल भेटिएन, देखियो घैया ।

भुरुरु उड्यो डाँफे बरै, झर्‍यो कोबाङ थकालीको चार देउता,

चौँरी गाईको सिंग राम्रो थकाल्नीको गाला राम्रो मिले हुने एउटा ।

चिसो लाग्यो के खाऊँ, थकाल्नीले बनाएको भाङ्गोको चट्नी,

चट्नीसँग रक्सी कति मिठो भुसाको सर्कोले दिमागै भेट्नी ।

काम्लो बिच्छ्याएर बुवा खलाकका कुनामा एउटी पाठी समाउनुभएको थियो । उपरखुट्टी लगाएर बसेर मग्न भएर काले गाइनेको कर्खा सुनिरहनुभएको थियो बुवाले । कता–कता बिरहमा डुबेको जस्तो देखें । 

‘बुवा के भयो ?’

‘न करा, केही भा’छैन ।’

‘किन यस्तो बैरागी देखिएको त ?’

‘यता आइज तँ ?’, त्यहीबेला आमाले बोलाउनु भयो ।

‘ला कालेलाई दे । त्यो गाइनीले के खान्छे सोध्नू’, आमाले मलाई अह्राउनुभयो । 

प्रतीकात्मक तस्वीरमा ढोरपाटनका एक स्थानीय

‘अनि बुवालाई पनि सोध्नु के खानुहुन्छ । यो गाइने आउँदा तेरो बुवालाई उनका बुवा/आमाको पुरानो सम्झना छ । यो कालेले पहिले असाध्यै राम्री आइमाई लिएर आएको थियो । तेरो बाजेसँग निक्कै रमाइला गफ गर्थी रे गाइनीले । गाइने एक हप्तासम्म गाउँ डुल्थ्यो । ती गाइनी तेरो बजेको चोली, लुङ्गी खुब राम्रोसँग सियोले सिलाइदिन्थी । पाँच वर्ष बीचमा तेरो बाजे, बजु बित्नुभयो । त्यो गाइनेको बुढीलाई परार सालको साउनमा उता सानीभेरीले बगाएछ । काले पोहोर विरक्त भएर आएको थियो । तेही कुरा सम्झेर तेरो बुवालाई बा–आमा सम्झेर याद आयो होला’, बाजे र काले गाइनेको पुरानो सम्बन्धबारे आमाले कथा सुनाउनुभयो ।

बुकी गोठ जानेभन्दा लाहुर जानेको संख्या अलि बढ्दै गयो । लाहुरेले घर छोड्ने दिन र गोठ लगेर बुकी लेक जाँदाका दिन घरमा जाँड राखेर घैंटोको मुख बुझ्ने चलन थियो । लाहुरे र गोठाला जहिले फर्किन्छन्, त्यही बेला घैंटोको बिर्को खोल्ने । साँढे ५ महिना घैंटोमा छिप्पिएको जाँड निक्कै नसा थियो । त्यही जाँड बुवा र गाइनेलाई दिएँ ।

‘के खाने ? मोही कि पानी ?’, गाइनीलाई सोधें ।

कालेतिर पुलुक्क हेर्दै उनले भनिन्, ‘जाँडै खाने ।’

जौ र उवा मिसिएको जाँडको रसले गाइनीलाई झ्याप्पै छोपेछ । 

आमाले भित्र मकै भुट्दै हुनुहुन्थ्यो । एक्कासि जुरुक्क उठिन् गाइनी दिदी । अधवैंशकी थिइन् । गहुँगोरो अनुहार, ठूलो जिउदालकी ।

‘कर्म मेरो रुखो रैछ पो ? म पनि के कम ?’, एक्कासि गाइनी दिदी कराइन् ठूलै स्वरमा ।

‘डाँफे चरी जस्तो मेरो नौरंगी जोवान । कर्ममा नलेखेपछि मान्छेको चोला यस्तै रहेछ । म पनि त मुसिकोट राजाकी झट्केल्नी भए पनि भाञ्जी हुँ । आज यिनका पछि हिँड्नुपर्ने ! कर्मले मान्छेलाई कहाँ पुर्‍याउँछ, यस्तै रहेछ जिन्दगी’, जाँडको नशामा खुल्दै गइन् । 

उनी आमासँग आफ्ना दुःखका कुरा गर्न लागिन् । यता काले गाइने र बुवाका पुराना गफ हुन लागे ।

‘नौ डाँडा, २७ गहिरा, १८, १२, ८ गाउँ चालिहिँड्ने कहिले के पर्छ–पर्छ । यी ठकुर्नी मैयालाई पनि बेलाबेला बायोगोला चलेर मर्नुहुन्छ’, गाइनले बुवालाई औषधि सोधे ।

‘जा–जा धार्नी डोकोको आसनको बासा लिएर आइज’, बुवाले भन्नुभयो ।

बासा झिकेर बुवालाई दिएँ । 

‘लौ यत्ति हो, आधा तिमीले आधा एक महिनाका लागि मलाई’, बासाबाट झिकेर हँसियाले काटेर काले गाइनेलाई सामा गरिएको लेकको सटुवा (जंगली जडीबुटी) दिनुभयो ।

काले गाइनेले बडो प्यार गर्दा रहेछन् पछिल्ली बुढीलाई । सटुवा पाउँदा साथ खुशी भए । सारङ्गी खाँबोमा झुन्डाएर बोलाए, ‘मैयाँ रानी आउनुस्, तपाईंको ओक्टो भेटियो । अब बायोगोला जाग्दैन् ।’

ठकुरी खानदानकी मैयाँसाप्नी जब काले गाइनेको साथमा लागिन्, उनको खानपिन मिलेको रहेनछ । ‘के पाएऊण् त्यस्तो, जिन्दगीमा मायाबाहेक अरू केही रहेनछ । तर, यसरी चार कोष हिँड्दा त मेरो बायो गोला जागेको जागै छ । पहिलेको घरमा भा चिप्ले किराको सुकुटी, लसुने, सटुवा, मिठो रक्सी खाएर ठीक हुने थिएँ । अहिले भाग्यले पाए पो ?’, एकै सासमा आफ्ना खानदानी कहानी सकिन् ठकुर्नीले । 

‘त्यसैको सामा पाएँ हेर त ?’, गीत र सारङ्गीको धुनले जो कसैको मन बहकाउन सक्ने क्षमता राख्ने कालेले उनका मैयासाप्नीलाई हातको सटुवा देखाएर फकाउँदै देखाए । ‘अर्को गाउँ पुग्नु छ । दुर्गा भगवानीले रक्षा गरुन् । यो गाइनेको आशीर्वाद लाग्छ, हामी गयौं’, ३ पाथी जति सेतो मकै कुम्लो परेर काले गाइनेको जोडी बिदा भए ।

माइली दिदी, साइँली भाउजूहरू रातो माटो र सेतो कमेरो लिएर आइपुगे । बिहानै कमेरो र रातो माटो लिन गएका थिए, भोक बेस्सरी लागेको रहेछ । दिदी र भाउजूले मोही र खाजा खाँदै भोलि बिहानैदेखि कमेरो र रातो माटोले घर लिप्ने सल्लाह गर्दै थिए । 

‘रातो माटोलाई सुक्न दिनुपर्छ, बल्ल रंग बस्छ । कमेरो सुकेन भने सोतो बस्दैन । तिमीहरू घरभित्र खेल्न पाउँदैनौं । हामीले लिप्दै जाने, तिमीहरू लिपेको ठाउँमा दौडिन थाल्यौ भने सबै बिग्रिन्छ’, भाउजूले मलाई चकचक नगर्न भनेर आजै चेतवानी दिइन् ।

तस्वीरहरूः टेकध्वज घर्ती मगर (ढोरपाटन)को वालबाट साभार 

hAMROPATRO BELOW NEWS
TATA Below
बैशाख ८, २०८१

गोपाल सानोमा गाई गोठालो थियो । घरपरिवारले गाई चराउने कामको जिम्मा दिएका थिए । हरेक दिन ऊ गाई लिएर बेसी झथ्र्यो । बेलुका गाईकै साथ फर्कने गथ्र्यो । दिनभर गाईहरू खोला किनार तथा वन पाखामा चर्थे ऊ पौडी खेलेर ...

असोज १०, २०८०

गुणराज ढकाल सामाजिक सञ्जालमा अभ्यस्त हुन थालेपछि अध्ययन गर्ने बानी निकै घटेको छ । सामाजिक सञ्जालमा आउने टिप्पणीबाटै हामीले आफ्नो दृष्टिकोण बनाउने गर्दछौं । विषयको गहिराइसम्म पुगेर अध्ययन तथा विश्लेषण गर...

चैत ३०, २०८०

लोकान्तर डट्कमका स्तम्भकार कमल रिजालसहित २२ जना साहित्यकार तथा प्रतिभालाई नइ पुरस्कार प्रदान गरिएको छ । गोरखापत्रका पूर्वप्रधान सम्पादकसमेत रहेका साहित्यकार रिजाललाई संस्कृतिमा प्राज्ञिक योगदानका लागि ’नइ...

बैशाख २९, २०८१

केही सयमअघिको कुरा हो । तिनताका गोपाल एक प्रतिष्ठित छापामा सम्पादकीय नेतृत्वमा थियो । प्रातःकालीन भ्रमण उसको दैनिकीमा पथ्र्यो । प्रत्येक दिन बिहान एकाध घण्टा घुम्थ्यो र खाना खाएर अफिस जाने गर्थ्यो । यसो गर्नुका दु...

कात्तिक ८, २०८०

पहाडमा उखु पेलेर खुदो पकाउने समय पारेर मधेशको गर्मी छल्न राजेन्द्र काका (ठूलो भुँडी लागेकाले हामीले मोटे अंकल भन्थ्यौं) गुल्मीको पहाड घरमा आउँथे । चैत–वैशाखको समयमा कोलबाट पेल्दै गरेको उखुको रस, रसेट...

बैशाख ७, २०८१

दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ ।  प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x