२८ जेठ २०८३, बिहीबार
टीका-जमरा लगाइँदै

टीकाको तेस्रो दिन: आशीर्वाद थाप्ने क्रम आज पनि जारी, काठमाडौंमा चहलपहल बढ्यो

कात्तिक ९, २०८०
काठमाडौं
टीकाको तेस्रो दिन: आशीर्वाद थाप्ने क्रम आज पनि जारी, काठमाडौंमा चहलपहल बढ्यो

आज (बिहीबार) आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद टीका–जमरा थाप्न र आशीर्वाद लिने क्रम जारी छ ।

दुर्गा देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि शुरू भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ । 

नेपालका केही जिल्लामा भने विजया दशमीका दिन मात्र टीका–जमरा लगाउने र आशीर्वाद थाप्ने चलन छ । 

नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने कोजाग्रत पूर्णिमाका दिन अखिल बलि पूर्ति नभएसम्म नवदुर्गाको प्रसाद लगाउन शास्त्रीय रूपमा कुनै बाधा नरहेको बताएको छ ।

आज बिहानदेखि राजधानी काठमाडौं उपत्यकामा बिहानदेखि केही चहलपहल देखिन थालेको छ । दशैं मनाउन गाउँ जानेहरू भने हिजोदेखि नै उपत्यका भित्रिन थालेका छन् ।

केही दिन सुनसान रहेको राजधानी सहरमा आज बिहानदेखि केही चहलपहल देखिन थालेको छ।

salt training

कमेन्ट गर्नुहोस्