२७ जेठ २०८३, बुधबार

मन्त्रिपरिषद् बैठक छोडेर पृथ्वी जयन्ती मनाउन गए मन्त्री केसी

कात्तिक २०, २०७४
मन्त्रिपरिषद् बैठक छोडेर पृथ्वी जयन्ती मनाउन गए मन्त्री केसी
काठमाडौं, २७ पुस–शहरी विकास मन्त्री अर्जुन नरसिंह केसी मन्त्रिपरिषद् बैठक छाडेर पृथ्वी जयन्ती मनाउन गएका छन् ।

बुधबार बिहान पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको वर्खास्ती र नयाँ कार्यकारी प्रमुखमा गोविन्द पोखरेलको नियुक्तिका लागि बसेको मन्त्रिपरिषद बैठक सकिनु अघि नै मन्त्री केसी बाहिरिएका हुन् ।

उनी गृहजिल्ला नुवाकोटमा पृथ्वीनारायण शाहको स्मरण गरने राष्ट्रिय एकता दिवसको कार्यक्रममा सहभागी हुन त्यसतर्फ गएका हुन् ।

नुवाकोटको देवीघाटमा पृथ्वी नारायण शाहको शालिक रहेको छ जहाँ राष्ट्रिय एकता दिवसको अवसर पारेर कार्यक्रमको आयोजना गरिएको छ । केसीले आफूले सँधै पृथ्वी जयन्ती मनाउने गरेको बताए ।

salt training

कमेन्ट गर्नुहोस्