०६ साउन २०८३, बुधबार

प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन पत्रमा ओलीको हस्ताक्षर !

कात्तिक २०, २०७४
प्रदेश र प्रतिनिधिसभा सदस्यको उम्मेदवारी मनोनयन पत्रमा ओलीको हस्ताक्षर !
काठमाडौं ८ असोज– नेकपा एमालेले सङ्घीय संसद र प्रदेशसभा सदस्यहरुको उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने अख्तियारी अध्यक्ष केपी शर्मा ओलीलाई दिने निर्णय गरेको छ ।

एमाले केन्द्रीय समितिको बैठकले उम्मेदवारको मनोनयनको आधिकारिक पत्रमा हस्ताक्षर गर्ने अख्तियारी ओलीलाई दिने निर्णय गरेको हो । पार्टी अनुशासन कायम गर्नका लागि यस्तो निर्णय गरिएको एमालेका एक नेताले बताए ।

बैठकले प्राप्त सुझावका आधारमा स्थायी कमिटीले उम्मेदवारहरुको मापदण्ड, छनोट विधि र निर्वाचनको समग्र कार्ययोजना तयार गर्ने जिम्मेवारी बैठकले पार्टी स्थायी कमिटीलाई सुम्पेको छ ।

एमालेले स्थानीय निर्वाचनको समग्र परिचालन, उम्मेदवार चयन लगायतमा भएका आन्तरिक कमजोरीहरुको उचित समीक्षा गर्दै आगामी प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा एकताबद्ध भएर अघि बढ्ने समेत निर्णय गरेको छ ।

एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन घोषित समयमै निष्पक्ष, स्वच्छ, भयरहित र शान्तिपूर्ण रुपमा सम्पन्न गर्न नेपाल सरकार तथा निर्वाचन आयोगसँग माग गरेको छ । ‘निर्वाचनबारे आशंका, अन्योल र भ्रम सिर्जना हुने कुनै काम–कुरा नगर्न सरकारसँग बैठक माग गर्दछ’ सचिव प्रदीप ज्ञवालीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

एमालेले प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनलाई कसैको अबाञ्छित प्रभाव, दवाव र प्रलोभनमा नपरी देश र जनताप्रतिको कर्तब्य इमान्दारीका साथ पालन गर्दै स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्ने कार्यमा निर्भिकताका साथ योगदान गर्न सम्पूर्ण न्याय, निजामति र सुरक्षा सेवाका राष्ट्रसेवकहरुलाई एमालेले आव्हान गरेको छ ।

salt training

कमेन्ट गर्नुहोस्