
इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले गाजामा स्थल आक्रमणको तयारी गरिरहेको बताएका छन् । तर, कहिलेदेखि स्थल आक्रमण गर्ने भन्नेबारे केही खुलाएनन् ।
समाचार एजेन्सी रोयटर्सका अनुसार स्थल आक्रमण कहिलेदेखि गर्ने भन्नेबारे सरकारको विशेष युद्ध मन्त्रिपरिषद्ले गर्ने उनले बताए । 'हामीले हजारौं आतंकवादीलाई मारिसकेका छौं,' उनले भने, 'यो केवल शुरूआत हो । अब स्थल आक्रमणको तयारी गरिरहेका छौं । यो कहिलेबाट हुन्छ यसबारे विस्तारमा बताउँला ।'
उनले उत्तरी गाजामा रहेकाहरूलाई दक्षिणी क्षेत्रमा जान आग्रह गरेका छन् ।