२८ जेठ २०८३, बिहीबार

अजरबैजानसँग आगामी केही महिनाभित्र शान्ति सम्झौता हुने

कात्तिक ९, २०८०
काठमाडौं
अजरबैजानसँग आगामी केही महिनाभित्र शान्ति सम्झौता हुने

नागोर्नो–काराबाखलाई जातीय–अर्मेनियाली पृथकतावादीबाट बाकुले पुनः नियन्त्रणमा लिएपछि आगामी महिनाहरूमा अजरबैजानसँग शान्ति सम्झौतामा हस्ताक्षर गर्ने विश्वास आर्मेनियाली प्रधानमन्त्री निकोल पाशिन्यानले गरेका छन्। 

अजरबैजानको आर्मेनियाली बाहुल्यता रहेको काराबाख क्षेत्रको नियन्त्रणका लागि येरेभान र बाकुबीच दशकौँदेखि द्वन्द्व चलिरहेको छ । 

बाकुले सेप्टेम्बरको अन्त्यमा २४ घण्टे आक्रमणमा पहाडी इलाकालाई पुनः प्राप्त गरेको थियो जसले दशकौंदेखिको आर्मेनियाली पृथकतावादी शासनको अन्त्य गरेको थियो । 

“हामी अहिले अजरबैजानसँग शान्ति र सम्बन्ध सामान्यीकरणसम्बन्धी सम्झौताको मस्यौदामा काम गरिरहेका छौं र मलाई आशा छ यो प्रक्रिया आगामी एक दुई महिनामा सफलतापूर्वक टुङ्गिनेछ,” पाशिन्यानले भने । 

जर्जियाको राजधानी तिब्लिसीमा आयोजित एक अन्तर्राष्ट्रिय आर्थिक मञ्चमा उनले भने,  “भविष्यको शान्ति सम्झौता ककेशस (ब्ल्याक सी र क्यास्पियन सी) क्षेत्रका छिमेकीहरूको सोभियतकालीन सिमानाको पारस्परिक मान्यतामा आधारित हुनेछ ।

अजरबैजानका राष्ट्रपति इल्हाम अलियेभले यो वर्षको अन्त्यसम्ममा येरेभानसँग शान्ति सम्झौता गर्न सकिने बताएका छन् ।

येरेभानले ऊर्जाको धनी बाकुले आफ्नो फाइदालाई दबाउने प्रयास गर्न सक्ने आशङ्का व्यक्त गरेको छ ।

येरेभानले सहयोगी टर्कीको सहयोगमा दक्षिणी आर्मेनियाको जमिन कब्जा गरेर अजरबैजानसँग आफ्नो नखिचेभान क्षेत्रलाई जबर्जस्ती जोड्न सक्छ भन्ने आशङ्का व्यक्त गर्दै आएको छ ।

उसले बाकुलाई ‘जातीय सफाया’ को आरोप पनि लगाएको छ किनकि लगभग सबै जातीय अर्मेनियाली जनसङ्ख्या अर्थात् करिब एक लाख मानिसहरू बाकुको विशाल आक्रमणपछि आर्मेनियातर्फ भागेका थिए, जसले शरणार्थी सङ्कट निम्त्याएको थियो । 

salt training

कमेन्ट गर्नुहोस्