
मकवानपुर प्रहरीले हेडौँडाबाट ९ जना जुवाडेलाई पक्राउ गरेको छ । हेटौँडा–७ स्थित देवी बन टोलमा रहेको गोकुलनाथ पौडेलको घरमा तास खेल्ने ९ जनालाई ४ लाख ६५ हजार रुपैयाँ नगद सहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता लक्ष्मी भण्डारीले बताए ।
पक्राउ पर्नेमा हेटौंडा ८ का अजय खड्का, मन्दिप पौडेल, रोहित कुमार केबी, भरत तितुङ, हेटौंडा ७ का रुपक चौलागाई, बिरेन्द्र खत्री, गोकुल नाथ पौडेल, सबिन चौलागाई र हेटौंडा १५ का ओम घलान छन् ।