२८ असार २०८३, आइतबार

चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकले ल्यायो घर कर्जासम्बन्धी विशेष योजना

कात्तिक २०, २०७४
चाडपर्वको अवसरमा एनआईसी एशिया बैंकले ल्यायो घर कर्जासम्बन्धी विशेष योजना
काठमाडौं, ८ असोज—एनआईसी एशिया बैंकले दशैं, तिहार तथा छठको अवसर पारेर नेपालमै पहिलो पटक घर कर्जा सम्बन्धी विशेष योजना ल्याएको छ । ‘एन आई सी एशिया बैंकको दशैं तिहार उपहार, घर कर्जामा छुटै छुटको बहार’ नामको विशेष योजना ल्याइएको बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले जानकारी दिए ।image001
सो योजना अन्तर्गत सहज रुपमा ०.९ प्रतिशत प्रति महिनाको ब्याजदरमा घरकर्जा उपलब्ध गराईने तथा ग्राहकहरुले सम्पूर्ण कागजातहरु पेश गरेको ३ दिन भित्रै घरकर्जा सम्बन्धि निर्णय भैसक्ने व्यवस्था गरिएको छ ।
योजना अन्तर्गत घर कर्जा लिंदा व्याजदर बाहेक प्रोसेसिङ, अग्रिम भुक्तानी, धितो मूल्यांकन, बीमा वा कर्जा सुचना लगायतका कुनै पनि दस्तुर तथा शुल्क नलाग्ने पनि बैंकले जनाएको छ ।
साथै, नयाँ घर निर्माण गर्न, घर वा जग्गा खरीद गर्न वा अन्य बैंक तथा वित्तीय संस्थाको कर्जा एकडब्लुएपी गर्न समेत उक्त कर्जा उपलब्ध हुनेछ । यो कर्जाको अवधि २५ वर्षसम्म रहेको छ । २ वर्षसम्म ब्याजदरमा समेत परिवर्तन नगरिने बैंकले स्पष्ट पारेको छ ।
कर्जाका लागि अनलाइनबाटै कर्जाको Eligibility रकम जाँच गरी आवेदन दिन सकिने र सो योजनामा किस्ता वा ब्याजमात्र भुक्तानी गर्ने सुविधा सहित ग्राहकहरुको रुची र आवश्यकता अनुसार ओभरड्राफ्ट कर्जा प्रदान गरिनेछ ।
बैंकबाट घर कर्जा र सवारी साधनकर्जा दुवै उपभोग गर्ने ग्राहकहरुको हकमा घर कर्जाकै सम्मको अवधि हुने व्यवस्था गरिएको छ । यस बाहेक सवारी साधनकर्जाको लागि मात्र आवेदन दिने ग्राहकहरुलाई समेत कुनै पनि शुल्क नलिई सवारी साधनकर्जा उपलब्ध गराइने बैंकले स्पष्ट पारेको छ ।
यस प्रकारको होम लोन प्रोडक्ट जारी गर्ने एन आई सी एशिया बैंक देशकै पहिलो र एक मात्र वाणिज्य बैंक भएको र यसबाट हजारौंको संख्यामा ग्राहकहरु प्रत्यक्ष रुपमा लाभान्वित हुने बैंकले विश्वास लिएको छ ।
‘साथीको साथ पाएपछि यसपालिको दशैंतिहारमा पूरा हुनेछ यहाँको आफ्नै घर वा जग्गा वा गाडीजोड्ने सपना’ भन्ने मूलनाराका साथ यो योजना ल्याइएको बताइएको छ ।

salt training

कमेन्ट गर्नुहोस्