
त्रिदेशीय टी-२० क्रिकेट शृंखलाको फाइनलमा नेपालले यूएईलाई १६३ रनको लक्ष्य दिएको छ । शुक्रबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १६२ रन बनाएको हो ।
नेपालका लागि ओपनर कुशल भुर्तेलले सर्वाधिक ५० रन बनाए । २९ बल खेलेका उनले ६ चौका र तीन चौका प्रहार गरे ।
यस्तै करण केसीले २३ रन बनाए । १७ बल खेलेका उनले दुई चौका एक छक्का प्रहार गरे ।
दीपेन्द्र सिंह ऐरी २० र कप्तान रोहित पौडेल १८ रन बनाएर आएट भए । १५ बल खेलेका ऐरीले एक चौका र एक छक्का प्रहार गरे भने १७ बल खेलेका पौडेलले एक चौका हाने ।
सोमपाल कामीले १३ रन बनाए । सन्दीप जोराले १० रन बनाउँदा आशिफ शेखले ७ रन बनाए । कुशल मल्ल एक रन बनाएर आउट भए ।
नेपालले शृंखलाका ४ वटै खेल जितेको छ भने यूएईले ३ हार र १ जीतसहित फाइनलमा स्थान बनाएको हो । टी-ट्वान्टी विश्वकप छनोटको तयारी स्वरूप त्रिदेशीय शृंखला खेलिएको हो ।