
त्रिदेशीय टी–२० क्रिकेट शृंखलाको फाइनलमा यूएईविरुद्ध नेपालले चौथो सफलता हासिल गरेको छ ।
अविनाश बोहोराको बलमा अलिशान शराफू आउट भएका हुन् ।
यसअघि कुशल मल्लले १ र गुल्सन झाले २ विकेट लिएका थिए ।
शुक्रवार त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६२ रन बनाएको थियो ।