३१ जेठ २०८३, आइतबार

दशैंको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई प्रहरीले गर्‍यो कारबाही, यात्रुको भाडा फिर्ता

कात्तिक १०, २०८०
तनहुँ
दशैंको मौका छोपी बढी भाडा लिने माइक्रो बसलाई प्रहरीले गर्‍यो कारबाही, यात्रुको भाडा फिर्ता
फाइल फोटो

जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँले चाडपर्वको मौका छोपी बढी भाडा लिने सवारी साधनलाई कारबाही गरेको छ।

दमौलीबाट काठमाडौं जाने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको भेटिएपछि ट्राफिक प्रहरीले जरिबाना तिराएको छ । साथै प्रहरीले यात्रुहरूको भाडा फिर्ता गराएको छ । 

दमौलीबाट काठमाडौंका लागि छुट्ने माइक्रोले प्रतिव्यक्ति रु एक हजार भाडा लिएको गुनासो आएपछि ट्राफिक प्रहरी कार्यालयका प्रमुख राजीव विष्टको नेतृत्वमा आज बिहान जाँच गरी सबै यात्रुहरूको भाडा फिर्ता गराइएको छ । 

‘दमौलीबाट काठमाडौंसम्मको भाडा छ सय ५० रुपैयाँ रहेकामा चाडपर्वको मौका छोपी केही सवारी साधनले रु एक हजारसम्म लिने गरेको गुनासो आएको छ ।' विष्टले भने, 'दशैंको मौका छोपी बढी भाडा लिएको गुनासो आएपछि म आफैं चेक जाँचका लागि पुगेको थिएँ, काठमाडौं जाँदै गरेको माइक्रोलाई आँबुखैरेनीमा रोकेर कारबाही गरेका छौं ।' 

चाडपर्वको मौका छोपी बढी भाडा लिएको भए प्रहरीलाई खबर गर्न उनले आग्रह गरेका छन् । यस्तै, भोर्लेटार चोकमा बिहानै काठमाडौं जाने यात्रुहरूबाट रु एक हजार लिएको गुनासो आएपछि प्रहरीले तोकिएको भन्दा बढी भाडा नलिन यातायात व्यवसायीलाई निर्देशन दिइसकेको छ । 

salt training

कमेन्ट गर्नुहोस्