२६ असार २०८३, शुक्रबार

दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानी कप्तानले हाने अर्धशतक

कात्तिक १०, २०८०
काठमाडौं
दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तानी कप्तानले हाने अर्धशतक

एकदिवसीय विश्वकप क्रिकेटमा पाकिस्तानी कप्तान बाबर आजमले अर्धशतक प्रहार गरेका छन् ।

टस जितेर ब्याटिङ गरेको पाकिस्तानका लागि आजमले ६४ बलमा ५० रन हाने । तर उनी लगतै आउट भए ।

यस क्रममा उनले एक छक्का र ४ चौका प्रहार गरेका हुन् ।

यस अघि भारतविरुद्ध र अफगानिस्तानविरुद्ध पनि बाबरले क्रमशः ५० र ७४ रन प्रहार गरेका थिए । तर दुवै खेलमा पाकिस्तान पराजित हुन पुगेको थियो ।

जित्नैपर्ने खेलमा पाकिस्तानले २९ ओभर सकिँदा ५ विकेट गुमाएर १४८ रन हानेको छ ।

लगातार तीन खेलमा पराजय बेहोरेपछि बलियो दक्षिण अफ्रिकाविरुद्ध पाकिस्तान आज जित्नैपर्ने दबाबमा छ ।

तर बाबरबाहेकका ब्याटरले प्रभावशाली पारी खेल्न सकेनन् ।

मोहम्मद रिजवानले ३१, इफतिखार अहमदले २१ रन बनाए ।

salt training

कमेन्ट गर्नुहोस्