१३ असार २०८३, शनिबार

सल्यानमा नढोगेको निहुँमा युवकको हत्या, २ जना पक्राउ

कात्तिक १०, २०८०
सल्यान
सल्यानमा नढोगेको निहुँमा युवकको हत्या, २ जना पक्राउ

सल्यानमा २० वर्षीय युवकलाई कुटपिट गरी हत्या गरेको आरोपमा २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा बागचौर नगरपालिका– ७ स्यालागाउँका २५ वर्षीय केशर ओली र २३ वर्षीय सन्तोष ओली रहेका छन् ।

उनीहरूले कात्तिक ४ गते गाउँको उपकार आधारभूत विद्यालयको खेल मैदानमा गाउँकै २० वर्षीय घनश्याम ओलीलाई ढोग नगरेको विषयमा कुटपिट गरेका थिए ।

सल्यानका प्रहरी प्रमुख नवीन कार्कीका अनुसार मैदानमा सहभागी केशरले घनश्यामलाई ढोग गर्न भनेका थिए । खुट्टामा ढोग गर्न लगाएपछि घनश्यामले अस्वीकार गरेका थिए । त्यसपछि उनीमाथि कुटपिट भएको थियो ।

सल्यानका प्रहरी प्रमुख नवीन कार्कीले घाइते घनश्यामको भारतको नानपारामा बुधवार बिहान मृत्यु भएको जानकारी दिए ।

घनश्यामका परिवारले प्रहरीमा दिएको जाहेरीअनुसार केशरलाई बुधवार बेलुका बागचौर नगरपालिका ९ मौरीघारे र सन्तोषलाई दाङको तुलसीपुर उपमहानगरपालिका १२, रझेनामा लुकीछिपी बसेको अवस्थामा पक्राउ गरिएको हो ।

थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

salt training

कमेन्ट गर्नुहोस्