×

NMB BANK
NIC ASIA

‘नेपालको भूमि अरु भूमिसँग साटिनु हुदैँन’

काठमाडाैं | कात्तिक १०, २०८०

NTC
Premier Steels

नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेले लिम्पियाधुरा, कालापानी नेपालको भूमि रहेकाले त्यो भूमिसँग जग्गा साटफेर गर्न नहुने बताएका छन् । भक्तपुरको ल्यासिंखेलमा सुरु भएको दुई दिने ४३औँ नेपालभाषा साहित्य तःमुंज्या (भाषा सम्मेलन) मा बोल्दै उनले नेपालको भूमि सामरिक महत्वको क्षेत्र भएकोले कुनै पनि हालतमा नेपालले छोड्न नहुने बताएका हुन् । बिजुक्छेले भने, “पूर्खाको रगतले कोरिएको हाम्रो सार्वभौम भूमि कहीँको जग्गासित पनि साटिन हुँदैन” ।  
    
कार्यक्रममा बिजुक्छेले जनगायक चन्द्रबहादुर श्रेष्ठ, वरिष्ठ इञ्जिनीयर राजदास श्रेष्ठ, वरिष्ठ कार्टुनिस्ट मोहनश्याम खोकना र शिक्षाकर्मी अम्बिकामान मानन्धरलाई दोसल्ला ओढाएर नगद रु २५ हजारसहित सम्मानपत्रद्वारा सम्मान गरे । कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारी, पूर्व न्यायाधीश गौरीबहादुर कार्की, ज्योतिषशास्त्री वीरेन्द्रप्रसाद कायष्थ, सम्मानित कार्टुनिष्ट मोहनश्याम खोकना, शिक्षाकर्मी मानन्धर, इञ्जिनीयर श्रेष्ठ, जनगायक श्रेष्ठलगायतले भाषाको महत्वबारे चर्चा गर्दै भाषाले नै इतिहास र पहिचान बोक्ने बताए ।
     
वरिष्ठ मनोरोग चिकित्सक डा धनरत्न शाक्य, जलस्रोत अध्येता रत्नसंसार श्रेष्ठ, भक्तपुर क्यान्सर अस्पतालका वरिष्ठ चिकित्सक प्रा डा ऋषिकेशनारायण श्रेष्ठ, सीमा अध्येता रतन भण्डारी, ‘जनमत’ साहित्यिक पत्रिकाका सम्पादक मोहन दुवाल, नेवार संस्कृतिका अभियानकर्मी रामविन्दु श्रेष्ठ, वन विज्ञान तथा वातावरण विज्ञानका अध्येता रोशन शेरचन, योगेन्द्रमान बिजुक्छे, नेपालभाषा साहित्य तःमुंज्याकी रत्ना डङ्गोल, महन्त महर्जन, समितिका अध्यक्ष बलराम सिबञ्जारलगायतले देशको परिवर्तनमा नेपाल भाषा र साहित्यको योगदानकाबारेमा चर्चा गरे । 
कार्यक्रममा साहित्यिक कार्यक्रममा साहित्यकारबाट कथा, कविता, निबन्ध र गीतहरू प्रस्तुत गरेका थिए भने एकाङ्की, नाटक, प्रहसन, नृत्यलगायत प्रतिस्पर्धात्मक साँस्कृतिक विधाहरू प्रस्तुत गरिएको थियो ।

Muktinath Bank

Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

Advertisment
Nabil box
Kumari
Vianet communication
hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

जब अख्तियारकै कर्मचारी मालदार अड्डामा सरुवा हुन्छन्…

बैशाख १९, २०८१

२०६२ सालपछिको कुरा हो, अख्तियार दुरूपयोग अनुसन्धान आयोगका एकजना उपसचिव र एकजना शाखा अधिकृत कम्पनी रजिष्ट्रारको कार्यालयमा सरुवा भएर गए । यति मात्र होइन, राष्ट्रिय सतर्कता केन्द्रका एक उपसचिव पनि सोही कार्यालयमा...

उही खाट उही घाट

उही खाट उही घाट

बैशाख १५, २०८१

धेरै पहिलेको कुरा हो एक जना सज्जनका दुई भाइ छोरा थिए । उनीहरूबीच निकै मिल्ती थियो । एकपटक भगवान्ले आएर वरदान माग भनेकाले उनीहरूले अमरताको वर मागेका थिए । उनीहरूको कुरा सुनेर भगवान्ले भने– ‘...

ओलीलाई फापेको सनराइज हल

ओलीलाई फापेको सनराइज हल

बैशाख १२, २०८१

ललितपुरको गोदावरीस्थित सनराइज हलमा नेकपा (एमाले)का दुई महत्वपूर्ण कार्यक्रम भए । एमालेको प्रथम विधान महाधिवेशन (२०७८ असोज १५ र १६ गते) सनराइज हलमै भएको थियो । विधान महाधिवेशनले विभाजनदेखि चौतर्फी घेराबन्दी...

x