०७ साउन २०८३, बिहीबार

दशैंको एक हप्तामा कोशीमा १३५ वटा सवारी दुर्घटना, १६ जनाको मृत्यु

कात्तिक ११, २०८०
विराटनगर
दशैंको एक हप्तामा कोशीमा १३५ वटा सवारी दुर्घटना, १६ जनाको मृत्यु

कोशी प्रदेशमा दशैंको एक हप्तामा १३५ वटा सवारी दुर्घटना भएका छन् । दुर्घटनामा  १६ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।  

कार्तिक ५ गते फूलपातीदेखि ११ गतेसम्म एक हप्तामा १६ जनाको मृत्यु भएको नेपाल प्रहरी राष्ट्रिय सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, इटहरीले जनाएको हो । 

दुर्घटनाबाट ४१ जना गम्भीर घाइते र २२४ जना सामान्य घाइते भएको ट्राफिक व्यवस्थापन कार्यालय इटहरीका प्रमुख एसपी सरोज पौडेलले जानकारी दिए । दशैंमा ६ हजार ६२८ वटा सवारीसाधनलाई कारबाही गरिएको उनले बताए । कारबाही गरिएका सवारीसाधनबाट ४४ लाख १४ हजार ५ सय रुपैयाँ राजस्व संकलन भएको बताइएको छ । 

अघिल्लो आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा सवारी दुर्घटनाको संख्यामा कमी आएको छ । आव २०७९÷०८० मा १८० वटा सवारी दुर्घटनामा परी १६ जनाको मृत्यु भएको थियो भने ४८ जना गम्भीर घाइते र २२६ जना सामान्य घाइते भएको प्रहरीको अभिलेखमा देखिन्छ । 

अघिल्लो आवमा दुर्घटनामा कमी आएपछि मृत्यु हुने संख्या अघिल्लो र चालु आर्थिक वर्षमा बराबरी रहेको छ ।

कमेन्ट गर्नुहोस्