२८ जेठ २०८३, बिहीबार

चीनको कला महोत्सवप्रति विश्वव्यापी कलाकारको आकर्षण

कात्तिक ११, २०८०
काठमाडौं
चीनको कला महोत्सवप्रति विश्वव्यापी कलाकारको आकर्षण

नानिङ– दक्षिणी चिनको गुवाङसी झुवाङ स्वायत्त क्षेत्रको पर्यटकीय सहर गुइलिनमा शुक्रवार साँझ विभिन्न कला प्रदर्शनी सहितको कला महोत्सव शुरू भएको छ । 

दश दिने दोस्रो गुइलिन कला महोत्सव कार्यक्रममा १४० देश र क्षेत्रका विभिन्न भाषामा  नाटक ,लोक सङ्गीत, ओपेरा नाँच र एकालापजस्ता १४० गतिविधिहरू प्रदर्शन गरिने छ । 

प्रस्तुत गरिनेमध्ये करिब असी प्रतिशत प्रस्तुतिहरू बाहिर मञ्चन भइरहेको  कार्यक्रमले सह अस्तित्व र कलालाई  सहरको प्रसिद्धि प्राकृतिक दृश्यमा कैद गर्ने लक्ष्य राखेको आयोजकले बताएका छन् ।  

यस्तै शहरका प्रतिष्ठित पर्यटक आकर्षणहरू वार्षिक उत्सवको लागि बाहिरी स्थलको रूपमा सेवा गर्न सूचीबद्ध गरिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्