२४ असार २०८३, बुधबार

दशैंपछि प्रतिनिधि सभाको पहिलो बैठक: यस्तो छ सम्भावित कार्यसूची

कात्तिक १२, २०८०
काठमाडौं
दशैंपछि प्रतिनिधि सभाको पहिलो बैठक: यस्तो छ सम्भावित कार्यसूची

प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्नेछ । 

दशैं सकिएसँगै प्रतिनिधि सभा बैठक बस्न लागेको हो । यसअघि घटस्थापनाअघि असोज २६ गते बैठक बसेको थियो । 

आजको बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार तोकिएकोसम्बन्धी पत्रहरू तथा संयुक्त राष्ट्रसङ्घका महासचिवको सम्बोधनसम्बन्धी पत्रको ब्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ ।

यस्तै, अर्थमन्त्री  प्रकाश शरण महतले बैङ्किङ कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८० र भन्सार विधेयक, २०८० प्रस्तुत गर्नेछन् भने परराष्ट्र मन्त्री नारायण प्रकाश साउदले विमस्टेक वडापत्र अनुमोदनसम्बन्धी प्रस्ताव पेस गर्ने कार्यसूची रहेको  छ ।

यस्तो छ सम्भावित कार्यसूची

null
 

salt training

कमेन्ट गर्नुहोस्