
बाजुरामा छाउगोठ भत्काउने अभियान सुस्ताएसँगै छाउप्रथा पुनः ब्यूँतिन थालेको छ । करिब पाँच वर्षअघि सुरु गरिएको छाउगोठ भत्काउने र महिनावारी भएका महिलालाई छाउगोठमा बस्न नदिने अभियान सुस्ताउन थालेको छ। अचेल यहाँका महिला पुनः छाउगोठमा बस्न थालेका छन् । भत्काइएका छाउगोठ पुनर्निर्माण गरिएका छन् ।
बूढीगङ्गा नगरपालिका १० का स्थानीय पद्मा विकले भनिन्, “महिनाबारी भएको बेलामा घरभित्र बस्दा धामीझाँक्रो (देउता) रिसाउन थालेपछि गाउँमाफेरि छाउप्रथा दिँदै गएको छ ।''
छाउप्रथाविरुद्ध विगतमा सञ्चालन गरिएका अभियानले छाउगोठ भत्काएपछि महिनावारी भएका महिला घरको एक कोठामै बस्ने गरेका थिए । तर अहिले घरभित्र बस्दा धामीझाँक्रो रिसाउन थालेको भन्दै फेरि छाउगोठमै सुत्ने गरेको उनको भनाइ छ । गोरखापत्रमा खबर छ ।