
संयुक्त राष्ट्र संघको शान्ति मिसनमा खटिएका एक नेपाली सैनिक इजरायलसँगको सीमावर्ती दक्षिणी लेबनानमा गोली लागेर घाइते भएका छन् ।
दक्षिणी लेबनानमा संयुक्त राष्ट्र संघीय शान्ति मिसनमा खटिएका ती नेपाली शान्ति सैनिक घाइते भएको लेबनानको आधिकारिक राष्ट्रिय समाचार संस्थालाई उद्धृत गर्दै अलजजिराले जनाएको छ ।
समाचारमा जनाइएअनुसार नेपाली शान्ति सैनिकको पेट र हातमा गोली लागेको छ । घाइते हुने नेपाली सैनिकको नाम र ठेगाना भने खुलाइएको छैन । उनको अवस्थामा भने सामान्य रहेको समाचारमा उल्लेख छ ।
संयुक्त राष्ट्र संघको अन्तरिम बल लेबनानका प्रवक्ता एन्ड्रिया टेनेन्टीले गोली लागेर एकजना नेपाली सैनिक सामान्य घाइते भएको जानकारी दिएका छन् ।
हमास नियन्त्रित क्षेत्र गाजा नजिकै ती सैनिकलाई गोली लागेको समाचारमा उल्लेख छ ।