०६ साउन २०८३, बुधबार

इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शवको पहिचान, विपिन जोशीको खोजी जारी​

कात्तिक १२, २०८०
काठमाडौं
इजरायलमा मृत्यु भएका थप ३ नेपालीको शवको पहिचान, विपिन जोशीको खोजी जारी​
फाइल फोटो

हमासको आक्रमणबाट इजरायलमा मृत्यु भएका थप ३ नेपाली विद्यार्थीको शवको पहिचान खुलेको छ ।

पदम थापा, प्रवेश भट्टराई र राजन पराजुलीको शवको पहिचान भएसँगै हालसम्म ८ विद्यार्थीको शवको पहिचान खुलेको इजरायलस्थित नेपाली राजदूतावासले जनाएको छ ।

राजदूतावासका अनुसार बाँकी विद्यार्थीको शव पहिचानको क्रममा रहेको छ । यसअघि ५ जना विद्यार्थीको शवको पहिचान भएको थियो । 

आक्रमणमा परी घाइते भएका ४ जना विद्यार्थीमध्ये २ जना अस्पतालबाट डिस्चार्ज भएका छन् । १ जना नेपाल पुगिसकेका र १ जना दूतावासको हेरचाहमा रहेका दूतावासले जानकारी दिएको छ ।

साथै सम्पर्कविहीन रहेका विपिन जोशीको सम्पूर्ण संयन्त्रहरूको प्रयोग गरी खोजी कार्य जारी राखिएको दूतावासद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्