०२ साउन २०८३, शनिबार

छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट

कात्तिक १२, २०८०
तनहुँ
छोरीमात्र भएका बन्ध्याकरण गर्ने दम्पतीलाई सम्पत्ति करमा छुट

तनहुँको व्यास नगरपालिका कार्यालयले छोरी मात्र पाएर बन्ध्याकरण गर्ने दम्पत्तिलाई नगरपालिकाबाट लगाइने करमा छुट दिने नीति लिएको छ । 

नगरपालिकाको नीति तथा कार्यक्रममा “लैङ्गिक भेद्भाव मुक्त व्यास नगर” बनाउने उद्देश्य अनुरुप छोरी २० वर्ष नपुग्दासम्म सम्पत्ति कर लगायतका सबै करमा २० प्रतिशत छुट दिएको हो । व्यास नगरपालिकाभित्रका महिलाको क्षमता विकास एवं सीप विकास गरी आत्मनिर्भर बनाउनका लागि “उपप्रमुख महिला सीप विकास कार्यक्रम” सञ्चालन गर्न लागेको छ ।

“आत्मनिर्भर छोरी सशक्त व्यास नगर” अभियानमा छोरीको २० वर्ष पुगेपछि मात्र विवाह गर्ने दलित, आदिवासी जनजाति दुरा, बोटे, दराई, कुमाल, चेपाङको छोरीलाई सम्मान गर्दै त्यस्ता छोरीको अध्ययनमा सहयोग गर्ने नीति लिएको हो । 

उमेर २० वर्ष पुगेपछि मात्र विवाह गर्न प्रचारप्रसार एवं अभिमुखीकरण लगायतका सचेतनामूलक कार्यक्रम गरिने व्यास नपाका प्रमुख प्रशासकीय अधिकृत गङ्गालाल सुवेदीले जानकारी दिए । नगरपालिकाभित्र स्थायी बसोबास गर्ने कक्षा १२ सम्म योग्यता हासिल गरेका विपन्न बेरोजगार महिलालाई उद्यमशीलता विकासका लागि अनुदानको व्यवस्था मिलाइएको छ । 

व्यास नगरपालिकामा स्वास्थ्य सङ्कटमा रहेका विपन्न महिलालाई आर्थिक सहयोग प्रदान गरी जीवनरक्षामा सहयोग पु¥याउने लक्ष्य नगरपालिकाको रहेको उनले बताए । 

salt training

कमेन्ट गर्नुहोस्