टी– २० विश्वकप छनोटमा १४६ रन पछ्याएको नेपाललाई पहिलो झट्का लागेको छ ।
ओपनर आशिफ शेख २५ बलमा २७ रन बनाएर आउट भएका छन् । नेपालले १० ओभरमा १ विकेट गुमाउँदा ९४ रन जोडेको छ ।
अर्का ओपनर कुशल भुर्तेल अर्धशतक बनाएर खेलिरहेका छन् ।
८ टोली सहभागी प्रतियोगितामा नेपाल समूह ‘ए’मा छ । यो समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन् ।
यस्तै, समूह ‘बी’मा युनाइटेड अरब इमिरेट्स (यूएई), बहराइन, हङकङ र कुवेत छन् । प्रत्येक समूहबाट शीर्ष दुई टीम सेमीफाइनल प्रवेश गर्नेछन् ।
आगामी टी-२० विश्वकपका लागि एसियाली क्षेत्रको यो अन्तिम छनोट प्रतियोगिता हो ।
यो प्रतियोगिताबाट दुई टीम सन् २०२४ मा हुने टी-२० विश्वकपमा छनोट हुनेछन् ।