
बडादशैंको अवसर पारेर डिशहोम फाइबर नेट जोड्ने ग्राहकले एक वर्षको पैसा तिर्दा दुई वर्ष सेवा लिन पाउने अफर ल्याएको थियो । उक्त अफर घटस्थापनाको अवसर पारेर डिशहोम फाइबरनेटले आफ्ना ग्राहकका लागि ल्याएको हो । अफरअन्तर्गत नयाँ ग्राहकले ५० देखि ३०० एमबीपीएससम्मका प्याकेजहरू जडान गर्नसक्ने थिए ।
जसमा ग्राहकले ५० एमबीपीएसदेखि २५० एमबीपीएससम्म फाइभ–जी राउटर तथा ३०० एमबीपीएसको प्याकेज लिने ग्राहकले वाइफाई–६ राउटर पाउने थिए ।
उक्त अफरको ग्राहकबाट अत्याधिक प्रतिक्रिया आएको हुनाले १ वर्षको नयाँ कनेक्सन वा रिचार्ज गर्दा १२ महिना बोनस पाउने डिशहोम फाइबरनेटको ‘फेस्टिभ १२ महिने प्याकेज’ अफरलाई छठ पर्वको दिनसम्म अर्थात मंसिर ३ गते सम्मका लागि थप गरेको कम्पनीले जनाएको छ ।
थप जानकारीको लागि आफू नजिकैको डीएच फाइबरनेट डिलर दाइ वा ०१–५९७०३६५ मा सिधै फोन गर्न सकिने डिशहोमले जनाएको छ । चाडपर्वमा थप उत्साह ल्याउने ‘फेस्टिभ २४ मन्थ प्याकेज’ अफरको फाइदा लिन आजैदेखि डीएच फाइबर नेटको नयाँ कनेक्सन जोड्न कम्पनीले ग्राहकहरूलाई अपिल गरेको छ ।