पर्सा, ९ असोज- पर्सामा ५५ वर्षीया महिला अधिकारकर्मी नै बोक्सीको आरोपमा दुव्र्यवहारको शिकार भएकी छिन् । वीरगञ्ज महानगरपालिका–८ पानीट्याङकीमा बस्दै आएकी जिल्ला महिला अधिकार मञ्च पर्साको अध्यक्ष राजकुमारी उपाध्यायलाई बोक्सीको आरोपमा कुटपीट गर्नुको साथै मानसिक यातना दिईएका छ ।

उपाध्याय झण्डै डेढ दशकदेखि महिला अधिकारको क्षेत्रमा क्रियाशिल एकल महिला हुन् । बहुविवाह, घरेलु हिंसा, लैङिगक हिंसा र बोक्सीको आरोपमा पीडित सयौं महिलाहरुलाई आफ्नै पहलमा न्याय दिलाएको बताउने उपाध्याय आज आफै पीडित बन्न पुगेकी छन् ।
पानीट्याङकीमा डेरामा बस्दै आएकी उपाध्यायलाई उनी बस्ने घरमै डेरामा बस्दै आएकाहरुले नै आईतबार बिहान एक डेढ बजेको समयमा कुटपिट र दुव्र्यवहार गरेका हुन् । घटनामा सशस्त्र प्रहरी जवान योगेन्द्र कार्कीको समेत संलग्नता रहेको पीडित पक्षले बताए । पीडित पक्षले घटनामा संलग्न भएकाहरु विरुद्ध प्रहरीमा उजुरी दिएका छन्, नयाँ पत्रिकामा खबर छ ।