काठमाडौं, ९ असोज– आइतवार राति करिब १० बजेतिर काठमाडौंको लाजिम्पाटस्थित होटल सांग्रिला अगाडि बम फेला परेको छ ।
निलो झोला भित्र लुकाएर राखिएको अवस्थामा बम फेला थियो । बम भेटिनेवित्तिकै प्रहरीले सेनालाई खबर गरेको थियो । सेनाको टोलीले राति नै बम निस्क्रिय पारेको थियो ।
उक्त बस्तु सुतली बम रहेको सेनाले जनाएको छ । बम कसले राखेको भन्ने विषयमा केही नखुलेको प्रहरीले जनाएको छ ।
चाडपर्वका बेला सर्वसाधारणलाई आतंकित पार्न कसैले बम राखेको हुनसक्ने प्रहरीको भनाइ छ ।