३१ असार २०८३, बुधबार

ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, यस्तो छ प्लेइङ ११

कात्तिक १६, २०८०
काठमाडौं
ओमानविरुद्ध टस जितेर फिल्डिङ गर्दै नेपाल, यस्तो छ प्लेइङ ११

आईसीसी टी–२० क्रिकेट विश्वकप छनोटअन्तर्गत समूह चरणको अन्तिम खेलमा आयोजक नेपालले ओमानविरुद्ध टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।

नेपालका कप्तान रोहित पौडेलले टस जितेर फिल्डिङ गर्ने निर्णय गरेका हुन् ।

खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा बिहान ९ बजे शुरू हुनेछ ।

नेपालले आजको खेलमा टोलीमा परिवर्तन गरेको छैन । विवेक यादवलाई नै निरन्तरता दिने निर्णय लिएको छ ।

यस्तो छ नेपालको प्लेइङ ११ः

आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, रोहित पौडेल (कप्तान), विवेक यादव, सन्दीप जोरा, सोमपाल कामी, करण केसी, गुलशन झा, सन्दीप लामिछाने र अभिनाश बोहरा ।

null

नेपाल र ओमान दुवै एक खेलअघि नै सेमिफाइनलमा पुगिसकेका छन् ।

यसर्थ, आजको खेल जसले जित्यो उ समूह ‘ए’को विजेता बन्नेछ । फाइनल प्रवेशका लागि उसले समूह ‘बी’को उपविजेता प्रतिद्वन्द्वी पाउनेछ । यसर्थ, नेपाल आज ओमानलाई हराउँदै समूह विजेता बन्ने लक्ष्यमा हुनेछ । 

फाइनल पुग्ने एक टोली सन् २०२४ मा हुने टी–२० विश्वकपमा छनोट हुनेछ ।   

नेपाल र ओमानले यसअघिका खेलमा सिंगापुर र मलेसियालाई हराएका थिए । समान ४ अंक भए पनि ओमान नेट रनरेटमा अगाडि छ ।
 

salt training

कमेन्ट गर्नुहोस्