
टी-ट्वान्ट्वी विश्वकपमा छनोटका लागि निर्णायक खेलमा नेपालले यूएईको सामना गर्ने भएको छ ।
ओमानसँग ५ रनले पराजित भएपछि नेपाल र यूएईको भेट पक्का भएको हो । खेल मूलपानी मैदानमा हुनेछ ।
अर्को समूहमा रहेको यूएईले शत प्रतिशत जीत निकाल्यो ।
कीर्तिपुरमा बिहीवार ओमानले दिएको १४६ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित २० ओभरमा १४० रन मात्र जोड्न सक्यो ।
विवेक यादवले अन्तिम ओभरमा ३ छक्का प्रहार गरे पनि जीतका लागि पर्याप्त भएन ।
अन्तिम बलमा छक्का चाहिएको स्थितिमा करण केसी क्याचआउट हुन पुगे ।