
५८ जना सहसचिवको सरुवा भएको छ ।
बिहीवार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न मन्त्रालयका ५८ जना सहसचिवहरूको सरुवा गरेको हो ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषद्ले ५८ जना सहसचिवहरूको सरुवा गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवी साहले बताइन् ।
मन्त्रिपरिषद्ले निर्णय गरे पनि उताबाट निर्णयको फाइल आइनसकेको उनले बताइन् ।