२१ असार २०८३, आइतबार

इतिहासमा कहिल्यै नदेखिएको अराजकता देखियो, सरकारले बढावा दिँदैछ– ओली

कात्तिक १६, २०८०
काठमाडौं
इतिहासमा कहिल्यै नदेखिएको अराजकता देखियो, सरकारले बढावा दिँदैछ– ओली
फाइल फोटो

एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा कहिल्यै नदेखिएको अराजकता देखिएको आरोप लगाएका छन् । पार्टी संसदीय दलको बैठकलाई सम्बोधन गर्दै ओलीले सरकारले देशमा राजनीतिक अस्थिरता मच्चाएको आरोप लगाएका हुन् । 

पशुपतिनाथमा लगाएको जलहरीको कुरा गर्ने र भित्रभित्रै सुन तस्करी गर्ने कुरा जनतालाई जानकारी गराउनुपर्ने उनले बताए ।

‘देशमा अहिलेको जत्ति राजनीतिक अस्थिरता, अराजकता र असभ्यता कहिल्यै पनि थिएन । सत्ता संरक्षक अराजक भइरहेको छ । जसलाई जे भन्न पनि पाइने, जे गर्न पनि पाइने, झुटो आरोप लगाउन पनि पाइने भएको छ,’ ओलीले भने, ‘सरकार अपराधीलाई नियम कानूनविना खुरुखुरु छोड्छ, मान्छे मार्नेलाई सरकारले छोड्छ ।’ 

ओलीले हिंसालाई मान्ने फागुन १ को जनयुद्ध दिवस मनाउन नसकिने पनि बताए । 

‘शान्ति प्रक्रियाको कुरा चलिरहेको छ । तर, हिजो हिंसा मच्चाउने न्यायाधीश बनेर सरकारको तालाचाबी लिएर बसेका छन्,’ उनले भने, ‘हिंसा शुरूआत गरेको दिनलाई महान दिवस भनी उत्सव मानेर बिदा दिएको छ । एकपल्ट होइन, अब हरेक वर्ष फागुन १ गते बिदा दिने, किन त भन्दा हिंसा शुरू गरेको दिन जनता खाऊन्, नाचुन् भनेर बिदा दिइएको छ ।’

आफूहरू पीडितलाई न्याय दिने गरी शान्ति प्रक्रिया टुंग्यानुपर्छ भन्नेमा प्रस्ट रहेको उनले बताए ।

पटक–पटक संविधान मिच्ने, पशुपतिको जलहरीलाई देखाएर सुन तस्करी गर्नेको संरक्षणमा सरकार लागेको आरोप ओलीले लगाए । भेपमा लुकाएर ल्याइएको साढे ९ केजी सुनको जानकारी दिन ओलीले सरकारलाई चेतावनी दिएका छन् । 

लोकतान्त्रिक चरित्र देखाउन नसकेको सरकार अधिनायकवादी भएको आरोप ओलीले लगाए ।

salt training

कमेन्ट गर्नुहोस्