२१ जेठ २०८३, बिहीबार

इजरायली सेनाको दाबी- गाजा सिटीलाई पूरै घेरिसकेका छौं

कात्तिक १७, २०८०
काठमाडौं
इजरायली सेनाको दाबी- गाजा सिटीलाई पूरै घेरिसकेका छौं

इजरायलको सेनाले हमासविरुद्ध जारी संघर्षका क्रममा गाजा सिटीमा पूरै घेरा हालिसकेको दाबी गरेको बीबीसीले जनाएको छ । समाचारमा जनाइएअनुसार इसराइल डिफेन्स फोर्सेसका प्रवक्ता डेनियल हगारीले सेनाले हमासका कयौं ठेगानामा हमला गरिरहेको बताएका छन् ।

गाजापट्टीको उत्तरी इलाका गाजा सिटीमा युद्ध शुरू हुनुअघि सबैभन्दा धेरै आवादी थियो । त्यहाँ करीब सात लाख मानिसहरू बसोबास गर्थे । तर, इजरायलले उत्तरी गाजाका स्थानीयलाई दक्षिणी इलाकामा जान चेतावनी दिएको थियो । 
हाल उक्त क्षेत्रमा कति मानिसहरू छन् भन्ने यकिन छैन । 

शहर खाली खाली देखिएको छ । सडकमा सवारी साधन गुडेका छैनन् ।

salt training

कमेन्ट गर्नुहोस्