२९ जेठ २०८३, शुक्रबार

पाँचखालको एक घरमा आगलागी

कात्तिक १७, २०८०
काठमाडौं
पाँचखालको एक घरमा आगलागी

काभ्रेको पाँचखाल नगरपालिका–४ स्थित समाज कल्याणचोकमा एक घरमा आगलागी भएको छ । शुक्रबार बिहान स्थानीय उद्धवप्रसाद तिमल्सिनाको घरमा विद्युत् सर्ट भएर आगलागी भएको जिल्ला प्रहरी प्रहरी कार्यालय काभ्रेले जनाएको छ । 

आगलागीबाट लाखौं रुपैयाँ बराबरको क्षति भएको अनुमान गरिएको छ। क्षतिको यकिन विवरण संकलनको काम भइरहेको प्रहरीको भनाइ छ ।

दमकलको सहायतामा नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासीले झण्डै एक घण्टा लगाएर आगलागी नियन्त्रणमा लिएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्