
नेपाल प्रहरीले ५२ जना पर्सनल सेक्यूरीटी अफिसर (पीएसओ) फिर्ता बोलाएको छ । प्रहरी प्रधान कार्यालयका अनुसार बुधवारसम्म समय अवधि पुगेका पूर्वभीआईपीका पीएसओहरूलाई फिर्ता बोलाइएको हो ।
पूर्वसभामुख तथा माओवादी केन्द्रका नेता कृष्णबहादुर महरा र पूर्वगृहमन्त्री बालकृष्ण खाँणदेखि पूर्व न्यायाधीशहरूका समेत पीएसओ तानिएका छन् ।
प्रहरीले नियमानुसार ५ वर्ष अवधि पुगेका पीएसओलाई फिर्ता बोलाइएको जनाएको छ ।