
आईसीसी टी–२० विश्वकप छनोटअन्तर्गत सेमिफाइनलमा नेपालले चौथो विकेट हात पारेको छ ।
कुशल मल्लले आलिशान शराफुलाई १६ रनमा आउट गरेका हुन् ।
टस जितेर पहिले ब्याटिङ थालेको यूएईका लागि मोहम्मद वासिमले आक्रामक शुरूवात गरेका थिए । तर, सोमपाल कामीले चौथो ओभरमा दुई विकेट लिए ।
वासिमले १६ बलमा २६ रन बनाए । एक ब्याट्सम्यान रनआउट हुँदा सन्दीप र सोमपालले पनि एक-एक विकेट लिए ।
यो समाचार तयार पार्दा १४ ओभरमा यूएईले ४ विकेट गुमाएर ९० रन जोडेको छ ।