०२ साउन २०८३, शनिबार
सामूहिक हत्याको फितलो अनुसन्धान

एकै परिवारका ४ जनाको हत्या : सोधपुछमै बित्यो १ साता, कुनै ‘क्लू’ नभेटिएपछि सीआईबीको सहयोग माग

कात्तिक १७, २०८०
काठमाडौं
एकै परिवारका ४ जनाको हत्या : सोधपुछमै बित्यो १ साता, कुनै ‘क्लू’ नभेटिएपछि सीआईबीको सहयोग माग

मुगुमा एकै परिवारका ४ जनाको हत्या भएको १० दिन पुग्दा पनि प्रहरीले हत्यारा पत्ता लगाउन सकेको छैन ।

यही कात्तिक ८ गने मुगुको छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीय श्रीदेवी बोहरासहित उनका छोराछोरीको हत्या भएको थियो ।

तर आज १७ गते भइसक्दा पनि अभियुक्तको नजिक पनि पुग्न सकेको छैन ।

कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भीमप्रसाद ढकालले अनुसन्धान भइरहेको दाबी गरेका छन् । ‘हामी अनुसन्धानका क्रममा छौं । अहिले केही भन्न मिल्दैन,’ डीआईजी ढकालले लोकान्तरसँग भने, ‘अनुसन्धानपछि सबै कुरा खुल्छ ।’

तर प्रहरी अहिलेसम्म अभियुक्तको नजिक पुग्न सकेको छैन । प्रहरीले अहिले प्राविधिक पक्षको अनुसन्धान गरिरहेको छ । त्यहाँ एउटा मात्रै फोनको टावर भएकाले त्यहाँ घटनाको दिन कुन–कुन फोनहरू थिए भनेर अनुसन्धान गर्न गाह्रो भइरहेका छ ।

‘यहाँ एउटा मात्रै टावर छ त्यसले गर्दा फोन कनेक्सन सबैको एउटै टावरमा देखाउँछ । त्यसैले घटनास्थलमा नजिक कुन-कुन फोन नम्बरहरू थिए भन्न सकिने अवस्था छैन,’ अनुसन्धानमा खटिएका एक अधिकारीले लोकान्तरलाई बताए ।

तर प्रहरीले कुनै पनि ‘क्लू’ पत्ता लगाउन सकेको छैन । अहिले शङ्कास्पद व्यक्तिहरूलाई सोधपुछ गरिरहेको छ ।

हत्यापछि श्रीदेवीका श्रीमान् वैदेशिक रोजगारीबाट नेपाल फर्किएका थिए । उनी घरमा पुगे लगत्तै घरबाट निस्केर हिँडेपछि प्रहरीलाई अप्ठ्यारो परेको थियो । ‘श्रीमान् आए लगत्तै बेपत्ता भएका थिए,’ एक अधिकृतले लोकान्तरलाई बताए । तर आज (शुक्रवार) आफन्तको घरमा विक्षिप्त रुपमा फेला परेका मुगु प्रहरीले बताएको छ ।

आज हत्याको अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को सहयोग मागेको छ ।​​

छायानाथ रारा नगरपालिका–६ मन्दु गाउँकी २८ वर्षीया श्रीदेवी बोहरा, उनका छोरा ११ वर्षीय मनोज, ८ महिनाका अर्का छोरा रहर र ८ वर्षीय छोरी अप्सरा बोहरालाई धारिलो हतियार प्रहार गरेर हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानको निष्कर्ष निकालेको छ ।

घटनाबारे कात्तिक १० मा खबर पाएपछि मुगु प्रहरीको टिमले अनुसन्धान शुरू गरेको थियो ।

salt training

कमेन्ट गर्नुहोस्