नेपाली राष्ट्रिय क्रिकेट टीमका कप्तान रोहित पौडेलले प्रेसरका बावजुद समग्र टीमले नै राम्रो खेलेकाले विश्वकप यात्रा सम्भव भएको बताएका छन् ।
यूएईविरुद्ध ८ विकेटको जीतपछि पोस्ट म्याच कन्फ्रेन्समा रोहितले बलिङ राम्रो हुनु पनि जीतको कारण भएको बताए ।
यसैगरी राष्ट्रिय टोलीका अर्का महत्त्वपूर्ण सदस्य सोमपाल कामीले यसपालि खुलेर खेलेकाले विश्वकपमा छनोट भएको धारणा राखे ।
नेपालको जीतमा महत्त्वपूर्ण पारी खेलेका आशिफ शेखले विकेट ट्रिकी भए पनि त्यही अनुसार प्लान बनाएर खेलेको बताए ।
'विकेट ट्रिकी थियो, त्यही अनुसार प्लान बनाएका थियौं,' आशिफले भने, 'यूएईलाई १४० भित्र समेट्ने लक्ष्य थियो, सिचुएसनअनुसार खेल्न सक्यौं ।'
मोन्टी देसाई प्रशिक्षकका रूपमा आएपछि जित्ने मेन्टालिटी बढेको उनले बताए ।
ओमानविरुद्ध विस्फोटक पारी खेलेका विवेक यादवले राष्ट्रिय टोलीका लागि खेल्दा खुशी लागेको बताए ।