×

NIC ASIA

नेपाली खेलकुदमा ऐतिहासिक क्षण

दशकपछि विश्वकपमा नेपाल : यी हुन् निर्णायक जीतका ५ महत्त्वपूर्ण क्षण

काठमाडाैं | कात्तिक १७, २०८०

Prabhu Bank
NTC
Premier Steels

यूएईविरुद्ध ८ विकेटको शानदार जीत दर्ता गर्दै १० वर्षपछि नेपाल टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा छनोट भएको छ ।

Muktinath Bank

१३५ रनको सामान्य लक्ष्य नेपालले २ विकेटको क्षतिमा १७ बल बाँकी हुँदै पूरा गर्‍यो । आगामी वर्ष वेस्टइन्डिज र अमेरिकामा हुने टी–२० विश्वकप छनोटमा स्थान पक्का गरेको हो । 


Advertisment
RMC TANSEN
IME BANK INNEWS
shivam ISLAND

काठमाडौंको मूलपानी मैदानमा यूएईले टस जितेर पहिले ब्याटिङ गर्दा नेपाली स्पीनर चम्किएपछि खेल ‘लो स्कोर’मा समेटिएको थियो ।


Advertisment
Nabil box
Kumari

यही ‘लो स्कोरिङ टोटल’लाई घरेलु मैदानमा संयमतापूर्वक पछ्याउँदै नेपालले दोस्रोपटक विश्वकप खेल्ने सपना पूरा गरेको हो ।

Vianet communication

यूएईका कप्तान तथा ओपनर मोहम्मद वासिमले आक्रामक शुरूआत गर्दा निर्णायक म्याचमा चुनौतीपूर्ण लक्ष्य पाउने देखिएको थियो । तर, टस हारे पनि स्पीनर हावी भएपछि किफायती बलिङ र संयमतापूर्वक ब्याटिङ गर्दै नेपालले विश्वकप सपना पूरा गर्‍यो । विश्वकपको टिकट पक्का गर्ने क्रममा ५ वटा क्षण निर्णायक रहे ।

तेस्रो ओभरमा रनआउट, वासिमको विकेट

मूलपानी मैदानमा लगातार खेल्न पाएको यूएईले टस जितेर नेपालविरुद्ध आक्रामक शुरूआत गरेको थियो । पहिलो ओभरमा १२, दोस्रो ओभरमा ५ र तेस्रो ओभरमा १२ रन जोडेपछि यूएईले पहिलो तीन ओभरमा २९ रन बनाएर खेललाई उच्च लक्ष्यतर्फ पुर्‍याउने संकेत गरेको थियो । तर, खेलको तेस्रो ओभर नेपालका लागि महत्त्वपूर्ण टर्निङ प्वाइन्ट बन्न पुग्यो ।

null

३.१ ओभरमा नेपाली बलर सोमपाल कामीले आफ्नै बलमा ओपनर खालिद शाहलाई रनआउट गरे । यही ओभरको चौथो बलमा खतरनाक ओपनर मोहम्मद वासिमलाई सोमपालले करण केसीमार्फत क्याच आउट गराए । वासिमले १६ बलमा २६ रन बनाए । यो ओभरमा यी दुई महत्त्वपूर्ण विकेट निकाल्न सफल भएदेखि नै नेपाल खेलमा फर्किएको थियो ।

सन्दीपको १८ र मल्लको २० औं ओभर

ओपनर आउट भएपछि नेपाली स्पीनरले खेललाई नियन्त्रणमा राखिरहे । ९.६ ओभरमा नेपालका लेग स्पीनर सन्दीप लामिछानेले यूएईका अर्का खतरनाक खेलाडी आशिफ खानको विकेट लिए । त्यसपछि झन् नेपाल खेलमा हावी हुने ठाउँमा पुग्यो ।

ओपनर आउट भएपछि वृत्या अरविन्दले एकपछि अर्को खेलाडीसँग पार्टनरशिप गर्न खोजे पनि साथ पाएनन् । बीचको १२औं ओभरमा कुशल मल्लले एक रन मात्र दिएर यूएईलाई खेलमा जम्न दिएनन् । १३.४ ओभरमा उनै मल्लले वृत्यासँग पार्टनरशिप गरिरहेका अलिशान सराफुलाई १६ रनमा सोमपाल कामीबाट क्याच आउट गराए । 

१६ औं ओभरमा कप्तान रोहित पौडेल आफैं बल लिएर आउँदा अलि नासरलाई कुशल भुर्तेलमार्फत आउट गराएका थिए । १७ औं ओभरमा अरविन्दले अभिनाश बोहोरालाई १७ रन हानेर दबाबमा राख्न खोजे । यतिखेरसम्म यूएई १७ ओभरमा ११८ रन जोड्दा ५ विकेटको स्थितिमा थियो । 

तर, १८ औं ओभरको पहिलो बलमै सन्दीपले वासिल हामिदलाई बोल्ड मात्रै गरेनन्, यो ओभरलाई मेडन राख्न सफल भए । १९ औं ओभरमा बोहरोले फेरि ११ रन खाए । यूएई १९ ओभरमा १२९ रन जोड्दा ७ विकेट गुमाउने स्थितिमा पुग्यो । 

null

सामान्यतः डेथ ओभरमा फास्ट बलर लगाउने अभ्यास छ । तर कप्तान रोहितले जोखिम मोल्दै पार्ट टाइम स्पिनर कुशल मल्ललाई बल थमाए ।

कप्तानले भरोसा गर्दा मल्लले पहिलो बलमै ६४ रन बनाएर खेलिरहेका वृत्यालाई कुशल भुर्तेलमार्फत क्याच आउट गरे ।

यही ओभरको अन्तिम बलमा जुनैद सिद्दिकीलाई रोहित पौडेल र आशिफ शेखले रनआउट गरे । यो महत्त्वपूर्ण ओभरमा दुई विकेट गुमाउँदा यूएईले ५ रन मात्रै जोडेर १३४ रनको लक्ष्य नेपालसामु प्रस्तुत गर्‍यो । 

आाशिफ शेखको फिनिसिङ नक– शुरूबाट अन्तिमसम्म

जवाफी लक्ष्य चुनौतीपूर्ण थिएन । तर, स्पीनरलाई साथ दिएको पिचमा यही लो स्कोरिङ म्याचलाई संयमतापूर्वक पूरा गर्नुपर्ने चुनौती नेपाललाई थियो ।

सदाझैँ ओपनर कुशल भुर्तेल र आशिफ शेखले नेपाललाई राम्रो शुरूआत दिलाए । तीन ओभरमा २६ रन जोड्दा ठूलो शट खेल्ने धुनमा ओपनर भुर्तेल आउट भए ।

आक्रामक शट खेल्न आवश्यक नभए पनि उनी आउट भएपछि नेपाल सम्हालियो । अर्का ओपनर आशिफले संयमतापूर्वक ब्याटिङ गर्दै खराब बलमा बाउन्ड्री लगाए । बीचमा एकदुई रन लिएर बलरलाई निरन्तर दबाब राखिरहे ।

आशिफले तेस्रो नम्बरमा आएका गुल्सन झा र चौथो नम्बरमा आएका कप्तान रोहित पौडेलसँग धैर्यतापूर्वक खेल्दै ओपनिङदेखि जीतसम्म खेललाई पुर्‍याए ।

ठूला शट खेल्न आवश्यक नभएको लक्ष्य र स्पीनरलाई साथ दिएको पिचमा शेखले धैयर्तापूर्वक ५१ बल खेलेर ६४ रन जोडे । यस क्रममा उनले ७ चौका र १ छक्का प्रहार गरे । यही इनिङका कारण उनले प्लेयर अफ द म्याच अवार्ड समेत पाए ।

null

गुल्सनलाई तीन नम्बरमा पठाउने निर्णय

आक्रामक शट खेलेर ओपनर भुर्तेल आउट भएपछि नेपाल यूएईका वासिम आउट हुँदा जस्तै दबाबमा आउन सक्थ्यो । त्यसैले यसअघिका महत्त्वपूर्ण म्याचमा यूएईविरुद्ध प्रभावशाली प्रदर्शन गर्दै आएका गुल्सन झालाई तीन नम्बरमा ब्याटिङ गर्न पठाइयो ।

एकातिर धैर्यतापूर्वक आशिफ र अर्कातिर गुल्सनले पनि संयमता देखाउँदै २४ बलमा २२ रन बनाए । यस क्रममा उनले तीन चौका प्रहार गरे, तर आफ्नो स्वभाव अनुसार छक्काको लागि कुनै जोखिम उठाएनन् ।

उनलाई तीन नम्बरमा पठाएर धैर्यतापूर्वक टिमको रन बढाउन भएको साझेदारी पनि खेलको अर्को टर्निङ प्वाइन्ट बन्यो । 

कप्तानी पारी र परिपक्वता

१३५ रनको लक्ष्य पछ्याउँदा ९.३ ओभरमा गुल्सन आउट भएपछि नेपाल ६७ रन जोड्दा २ विकेटको क्षतिको स्थितिमा थियो ।

यसपछि आक्रामक कुशल मल्ललाई नपठाई कप्तान रोहित पौडेल आफैं मैदानमा ब्याटिङका लागि आए । उनी र शेखले खराब बललाई बाउन्ड्री हान्दै निरन्तर स्ट्राइक रोटेट गरे ।

रनरेट पनि मेन्टेन गर्दै खेलेपछि नेपाल कुनै पनि समय दबाबमा देखिएन । शेखले ६४ रन बनाउँदा कप्तान रोहितले २० बलमा अविजित ३४ रन बनाए, यस क्रममा उनले दुई चौका र दुई छक्का हाने । 

कप्तानी पारी र पिचको अवस्था हेरेर स्पीनरलाई खेलाउने, आफैं बलिङ गर्ने र डेथ ओभरमा मल्ललाई पठाएर विकेट निकाल्ने चातुर्यता देखाउँदा रोहितले हरेक स्थितिमा आफ्नो छाप छाडे । उनको यही भूमिका नेपाललाई १० वर्षपछि विश्वकपको बाटो खुलाउने महत्त्वपूर्ण कारण बन्यो । हालै एसिया कप खेलेको नेपालले अब टेस्ट राष्ट्र समेत सहभागी भएर अर्को वर्ष वेस्ट इन्डिज तथा अमेरिकामा हुने टी–२० विश्वकप खेल्न पाउने भएको छ । 

साथै एसियाली छनोट प्रतियोगिताको उपाधि जित्ने सम्भावना पनि जीवित छ । त्यसका लागि नेपालले आइतवार कीर्तिपुरमा ओमानसँग प्रतिस्पर्धा गर्नेछ । ओमान शुक्रवार नै बहराइनलाई १० विकेटले पराजित गर्दै फाइनलमा पुगेको छ ।

hAMROPATRO BELOW NEWS
TATA Below
कात्तिक २२, २०८०

नेपालले एसीसी यू–१९ एसिया कपमा बलिया टोली भारत, पाकिस्तान र अफगानिस्तानजस्ता बलिया प्रतिद्वन्द्वी पाएको छ । एसियन क्रिकेट परिषद् (एसीसी)ले बुधवार सार्वजनिक गरेको तालिकाअनुसार समूह ‘ए’म...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

बैशाख २४, २०८१

इन्डियन प्रिमियर लिग (आईपीएल)मा कोलकाता नाइट राइडर्सले लखनउ सुपर जायन्ट्सविरुद्ध शानदार जीत हासिल गरेको छ । आइतबार राति सम्पन्न खेलमा केकेआरले लखनउलाई ९८ रनले हराएको हो ।  जितसँगै केकेआर अंक तालिका...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

सत्ताबाट अवकाश पाएको कांग्रेसलाई आएको नयाँ अवसर

जेठ ७, २०८१

यतिबेला नेपालको राजनीति बहुचर्चित सहकारी प्रकरण र यसमा संलग्न व्यक्तिउपर छानबिन तथा कारबाहीका लागि संसदीय समिति गठन हुने कि नहुने भन्ने विषयमा केन्द्रित छ । यो विषय यति पेचिलो हुनुको कारण बहालवाला गृहमन्त्री...

प्रकृतिको गीत

प्रकृतिको गीत

जेठ ५, २०८१

सृष्टिमा हरेक चीजको एउटा अति हुन्छ, जसलाई हामी सीमा भन्ने गर्छौँ, जलाई उसले आउँदा सँगै लिएर आएको हुन्छ र जेजति गर्छ यसैभित्रै रहेर गर्छ । अति पार गर्नासाथ उसको अस्तित्व पनि समाप्त हुन पुग्छ । अति पार गरेपछि नदी...

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

दक्षिणपन्थ र अवसरवादको चाङबाट माधव नेपालको छटपटी !

जेठ २, २०८१

नेपाली कम्युनिस्ट आन्दोलन कतिपटक विभाजन भयो ? पुनः एकता, मोर्चा गठन, विघटनलाई हेर्दा यसको जोडघटाउको लामै शृङ्खला बन्छ । र, त्यसमा मूलधारको राजनीतिबाट विभाजित कम्युनिस्ट पार्टी अर्थात् वामपन्थी पार्टीहरूको विसर्...

x