२३ जेठ २०८३, शनिबार

जाजरकोट भूकम्प: दुई जिल्लामा ठूलो क्षति, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

कात्तिक १८, २०८०
काठमाडौं
जाजरकोट भूकम्प: दुई जिल्लामा ठूलो क्षति, उद्धारमा जुट्न प्रधानमन्त्रीको निर्देशन

जाजरकोटमा शुक्रबार राति गएको भूकम्पमा ठूलो मानवीय र भौतिक क्षति भएको छ । सुदूरपश्चिम र कर्णाली प्रदेशका विभिन्न ठाउँमा मानवीय र भौतिक क्षति भएको हो । 

विभिन्न जिल्लामा दर्जनौं मानिसहरूको ज्यान गएको छ भने कयौं घरहरू भत्किएका छन् । 

जाजरकोटमा मात्रै दुई दर्जन बढीको ज्यान गएको प्रहरीले जनाएको छ । यस्तै रुकुम पश्चिममा पनि केही व्यक्तिको ज्यान गएको प्रहरीको भनाइ छ । तर, यकिन विवरण भने आइसकेको छैन । 

विभिन्न जिल्लामा भएका क्षतिको विवरण संकलन गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । 

रुकुम पश्चिमका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले क्षतिको यकिन विवरण आइनसकेको बताए । जिल्लामा केही मानिसहरूको ज्यान गएको खबर आए पनि आधिकारीरूपमा पुष्टि गर्ने काम भइरहेको उनले बताए । 

यता प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले तीनवटै सुरक्षा निकायलाई उद्दार र राहतमा जुट्न निर्देशन दिएका छन् । उनले घाइतेको तत्काल उद्दारका लागि सबै संयन्त्रहरूलाई सक्रिय काम गर्न भनेका छन् । 

घाइतेहरूको तत्काल उद्धारका लागि सुरक्षाका तीनवटै निकाय परिचालन भएका छन् । घाइतेहरूको उद्धारका लागि शनिबार बिहानै औषधि, स्वास्थ्यकर्मी र हेलिकप्टर पठाउने तयारी भैरहेको हेलो सरकारले जानकारी दिएको छ ।

जाजरकोटको रामी डाँडा केन्द्रविन्दु बनाएर शुक्रबार मध्यरातमा भूकम्प गएको थियो । शुक्रबार राति ११ बजेर ४७ मिनेटको  समयमा जाजरकोटलाई केन्द्र बनाएर ६ दशमलव  ४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका वरिष्ठ भूकम्पविद् लोकविजय अधिकारीले लोकान्तरलाई जानकारी दिए । 

भूकम्पको धक्का पश्चिम नेपालका जिल्ला र काठमाडौंसम्म महसुस गरिएको थियो । भारतको राजधानी नयाँ दिल्लीमा भूकम्पको ठूलो धक्का महसुश गरिएको भारतीय संचार माध्यमहरूले जनाएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्