०८ असार २०८३, सोमबार

दशैंमा खसीभन्दा च्याङ्ग्राको माग धेरै, कुखुराभन्दा हाँसको खोजी

कात्तिक २०, २०७४
दशैंमा खसीभन्दा च्याङ्ग्राको माग धेरै, कुखुराभन्दा हाँसको खोजी

काठमाडौं, ९ असोज– हिन्दू नेपालीहरुको ठूलो पर्व दशैंमा शक्तिकी देवी मानिने दुर्गा भगवतीलाई बली चढाउन र मासुका लागि खसी–बोका, च्यांग्रा, भेडा र रागाँको मासु अत्यधिक खपत हुन्छ । स्वाथ्य र आर्थिक अवस्थालाई ख्याल गर्दै पंक्षिको मासु समेत दशैंमा खपत हुने गरेको छ ।

पहिला पहिला मासु ठूलाबडाको घरमा मात्रै हुने गरे पनि नेपालीहरुको आयस्रोत बढेसँगै अहिले भने दशैं लयागतका चाड पर्वमा बहुसंख्यक नेपालीको भान्सामा माछा मासुकै परिकार पाक्ने गर्दछन् । अधिकांश नेपालीहरुले मासु खान थालेपछि चिकित्सकहरुले पनि स्वास्थ्य स्थिति हरेर केको मासु खाँदा ठीक हुन्छ भन्ने सुझाव दिन थालेका छन् ।
पछिल्लो समय रातो मासुभन्दा स्वस्थ्यका लागि सेतो मासु राम्रो भन्नेबारे चिकित्सकहरुले सचेत गराउन थालेपछि चौपायासँगै पंक्षिजन्य मासु र माछाको व्यापार पनि बढ्न थालेको व्यवसायीहरु बताउँछन् ।

खसीभन्दा च्याङ्ग्राको बजार
नेपालमा अन्यको तुलनामा खसी बोकाको मासु बढी उपभोग गरिन्छ । त्यसमा पनि दसैंमा त खसीको मासु नै धेरैको रोजाइमा पर्ने गर्छ । खसीको मासुको अहिलेको बजार मूल्य प्रति केजी ९ सय देखि हजार रुपैयाँसम्म पर्ने गर्दछ, भने दसैंको समयमा बढी खपत हुने हुँदा केही महंगो समेत हुने गरेको छ ।

राजधानी काठमाडौं उपत्यकामा मात्रै दशैंका लागि सरकारले मात्रै १५ सय खसी बोका तथा १ हजार भेडा च्यांग्रा राजधानी उपत्यकामा भित्र्यासकेको छ । काठमाडौं उपत्यकामा बस्ने बाहिरी जिल्ला घर भएका करिब ६० प्रतिशत मानिसमध्ये पनि अधिकांश दशैंका लागि घर फर्किने भएकाले उपत्यकाबाहिर पनि दशैंमा मासुजन्य पदार्थको खपत अत्यधिक हुने गरेको खाद्य संस्थानले जनाएको छ ।

संस्थानका प्रवक्ता शंकर सापकोटाले दशैंमा अन्य मासुभन्दा खसी बोकाको मासु नै बढी बिक्री हुने गरेको बताए । अन्य व्यापारीले पनि पनि यो वर्ष दशैंका लागि झण्डै ८ हजार खसिबोका तथा भेडा च्यांग्रा उपत्यकामा भित्र्याएका छन् ।

चौपाया खरिद–बिक्री सेवा संघका संरक्षक दीपक थापाले दसैँमा भारतीय खसी धेरै आयात हुने जानकारी दिए । ‘तुलनात्मक रूपमा धेरै भारतीय खसी आयात हुन्छन्, तर विस्तारै नेपाली भेडा च्यांग्राले पनि बजार पाउँदैछ’ उनले लोकान्तरसँग भने । दशैंमा राजधानी उपत्यकामा खसी बोका भन्दा च्यांग्रा बढी बिक्री हुने गरेका थापा बताउँछन् ।
‘नेपाली बजारको भने पछि व्यवसायीहरुले पनि च्यांग्राको बक्रीमा जोड दिन थालेपछि बिक्री बढेको हो,’ उनले भने, ‘नेपाली उत्पादनलाई जोड दिन सरकारले नै यसको बिक्रीमा जोड दिनुपर्छ ।’ हिमाली जडिबुटी खाएर हुर्केको हुनाले दशैंमा च्याङ्ग्राको मासुको पनि खोजी हुने गरेको व्यबसायीहरु बताउछन् ।

कुखुराको भन्दा हाँसको माग बढी

दशैंमा पंक्षिहरुको मासु खानेहरुमध्ये पछिल्ला वर्षमा कुखुराभन्दा हाँसको बिक्री बढेको व्यवसायीहरु बताउँछन् । राजधानी उपत्यकामा ठूलो हिस्सा आगटेको कुखुराको बजार दशैंमा धेरै नेपालीले काठमाडौं छोड्ने र काठमाडौंबासीले खसी नै बढी खाने भएकाले खासै व्यापार नबढ्ने राष्ट्रिय कुखुरा बिक्री व्यवसायी संघका अध्यक्ष जंग बहादुर बेल्बासे बताउँछन् ।

उनका अनुसार दशैंमा हाँसको माग बढ्ने गर्छ । काठमाडौंं उपत्यकामा पूजा गर्दा वा मन्दिरमा चढाउन हाँस खोज्ने हुँदा व्यापार बढी हुने गरेको छ । यसैगरी होटल रेष्टुरेन्टमा समेत हाँसका परिकार बढ्न थालेकाले बढी बिक्री हुने गर्छ । उनले लोकल कुखुराको उत्पादन घटेकाले माग भए पनि आपुर्ति गर्न नसकिएकोले ब्रोइलर कुखुराले बजार ओगटेको बताए ।

बेल्बासेका अनुसार हाल काठमाडौं उपत्यकामा मात्रै दैनिक साडे दुई देखि ३ लाख किलो प्रतिदिन कुखुराको मासु खपत हुने गर्छ भने देशभरी ५ लाख किलो प्रतिदिन मासु खपत हुन्छ । विशेष गरी शहरमा बसोबास गर्ने मध्यम वर्गीय परिवारको रोजाइमा कुखुरा तथा हाँसको मासु पर्ने गरेको बेल्बासे बताउँछन् ।

अस्ट्रिचको मासु

पछिल्लो समयमा अस्ट्रिचको मासु पनि धेरैको रोजाइमा पर्न थालेको छ । अन्य मासुको तुलनामा कोलस्टोरको मात्रा पनि कम हुने र जुनसुकै रोगका बिरामीले पनि खान मिल्ने भएकोले अस्ट्रिचको मासु धेरैको रोजाईमा पर्न गएको हो ।

नेपालमा अस्ट्रिचको व्यबसायीक पालन गरेको समूहले मासुको मूल्य घटाएको छ । अस्ट्रिचको मासु अब उपभोक्ताले प्रतिकिलो एक एक हजारमा खरिद गर्न सक्छन् । यसैगरी अहिले कतिपयले बट्टाईको मासु पनि खाने गर्दछन् । सानो जातको पंक्षी बट्टाईको बजार मूल्य प्रति गोटा साढे २ सय ३ सय रुपैयाँ पर्ने गरेको छ ।

माछाको बजार बढ्दै

कुखुरा वा खसीको मासु नरुचाउनेका लागि माछा उत्तम मानिन्छ । मासु नखाने कतिपय शाकाहारीले माछा खाने गर्दछन् । कतिपय अहिले विस्तारै माछाको बजार बढिरहेको व्यवसायीहरु बताउँछन् ।

काठमाडौं उपत्यकामा मात्र दैनिक ३० हजार देखि ३५ हजार किलो भन्दा बढी माछा खपत हुने गर्दछ । अहिले उपत्यकामा बासा, राहु, ट्राउट लगायतका माछाहरु बजारमा पाईन्छ । नेपालमा माछा उत्पादन गर्ने कृषकहरुले उत्पादन बढाउँदै गएपछि माछामा नेपाल आत्मनिर्भरको बाटोउन्मुख भएको नेपाल मत्स्य व्यवसायी संघका कोषाध्यक्ष गंगाप्रसाद सापकोटा बताउँछन् ।

भारतीय माछाको भरमा रहेको बजारमा अहिले ४५ प्रतिशत नेपाली उत्पादन रहेको उनले बताए । गुणस्तर भन्दा पनि कम मूल्य खोज्ने नेपालीको प्रवृत्तिका कारण भारतीय माछा गुणस्तरीय नभए पनि सस्तो भएकाले बढी माग हुने उनको भनाइ छ ।

बँदेल र बंगुरको मासु

अन्य मासुसँगै आजभोलि दशैंमा बंदेलको मासु पनि उपभोग गरिन्छ । यसैगरी कैलो सेतो, रेसाविहीन र प्रशस्त बोसो भएको बंगुरको मासु पनि खाने गरिनछ ।

बोसो गाढा सेतो, मिहीन दानादार, अनि नरम हुने बंगुरको नलीहाडको गुदी गुलाबी रातो अनि नरम हुन्छ । मासु उमाल्दा फोस्रो सेतो अनि हलुका हुन्छ । दशैंको समयका साथै अन्य समयमा पनि यसको मासु उपभोग गर्ने गरिन्छ ।

अहिले बंगुर पालन व्यवसाय फस्टाएसँगै यसको मासु उपभोग गर्नेको संख्यामा पनि वृद्धि भएको छ । त्यसमा पनि सेतो रङको मासु हुने भएकोले स्वास्थ्यका लागि त्यत्ति हानीकारक नुहने हुँदा बंदेलको मासु उपभोक्तको रोजाईमा पर्ने गरेको छ ।

दशैंमा राँगा भैंसीको मासुको पनि कारोबार बढ्ने गरेको व्यवसायीहरु बताउँछन् ।

salt training

कमेन्ट गर्नुहोस्