२२ असार २०८३, सोमबार

लुम्बिनीको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

कात्तिक १८, २०८०
बुटवल
लुम्बिनीको विशेषज्ञ चिकित्सक र स्वास्थ्यकर्मीको टोली भूकम्प प्रभावित क्षेत्रतर्फ प्रस्थान

भूकम्प प्रभावित क्षेत्रमा उद्धार र स्वास्थ्य उपचारमा सहयोग पुर्याउन लुम्बिनी प्रदेशले विशेषज्ञ चिकित्सकको टोली जाजरकोटको भूकम्प प्रभावित क्षेत्रमा पठाएको छ ।

लुम्बिनी प्रदेशका  मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ले कर्णालीका मुख्यमन्त्रीसँगको समन्वयमा दाङबाट राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका मेसु डा. पदमराज अधिकारीको नेतृत्वमा स्वास्थ्यकर्मी र विशेषज्ञ चिकित्सकसहितको टोली भूकम्प प्रभावित क्षेत्र जाजरकोट र रुकुमका लागि पठाएका हुन् ।

लुम्बिनी सरकारको तर्फबाट प्रदेशका गृहमन्त्री सन्तोष कुमार पाण्डेयको नेतृत्वमा उद्धार टोली पनि प्रभावित क्षेत्रतर्फ जाँदै छ ।​​

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटलाई केन्द्र बनाएर गएको ६.४ स्केलको भूकम्पमा गरी जाजरकोट र पश्चिम रुकुममा १३२ जनाको मृत्यु भएको छ। १४० जना बढी घाइते भएका छन् ।

salt training

कमेन्ट गर्नुहोस्