२४ असार २०८३, बुधबार

भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क

कात्तिक १८, २०८०
काठमाडौं
भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा निःशुल्क
फाइल फोटो

सरकारले भूकम्प प्रभावित क्षेत्रमा नेपाल टेलिकमको सेवा ५ दिन निःशुल्क उपलब्ध गराउने भएको छ ।

भूकम्प प्रभावित जाजरकोट र रुकुम पश्चिमका क्षेत्रमा ५ दिनसम्म निःशुल्क भ्वाइसकल र एसएमएसको सुविधाका साथै सिम कार्ड उपलब्ध गराइने नेपाल टेलिकमले जनाएको छ ।

सञ्चारमन्त्री रेखा शर्मासँगको छलफलपछि टेलिकमले प्रभावित क्षेत्रमा पाँच दिनसम्म कम्पनीका सेवा निःशुल्क गर्ने भएको हो ।

साथै, टेलिकमले पाँच दिनसम्म भ्वाइस र एसएमएससहित सिमकार्ड पनि निःशुल्क वितरण गर्ने जनाएको छ । 

यस्ता निःशुल्क सिमकार्ड कम्पनीका सुर्खेत, रुकुम पश्चिम, रुकुम पूर्व र जाजरकोटका कार्यालयबाट प्राप्त हुने जनाइएको छ । 

उद्धार क्षेत्रमा सूचना आदानप्रदानको लागि टेलिकमले आवश्यकता अनुसार निःशुल्क नमस्ते वाइफाइ सेवा उपलब्ध गराउने जानकारी टेलिकमका प्रवक्ता शोभन अधिकारीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

null

salt training

कमेन्ट गर्नुहोस्