
जाजरकोट भूकम्पपछि उद्धार, राहत र उपचारका विषयमा छलफल गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् ।
भूकम्प प्रभावितको विषयमा छलफल गर्न प्रधानमन्त्रीले आइतवार बिहान ८ बजे बस्ने गरी मन्त्रिपरिषद्को बोलाइएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले दिए ।
भूकम्पलगत्तै शनिवार बिहान प्रधानमन्त्री प्रचण्ड भूकम्प प्रभावित जाजरकोट र पश्चिम रुकुम पुगेर क्षतिबारे बुझेका थिए ।
प्रधानमन्त्रीले उद्धार, राहत र उपचारमा कुनै कसर बाँकी नराख्न सम्बन्धित निकायलाई निर्देशन दिएका छन् ।
शनिवार रातिसम्म भूकम्पको असरको सूचना संकलन गरेर आइतवार बिहानको बैठकबाट थप आवश्यक निर्णय गर्ने तयारीमा प्रधामन्त्रीले गरेका छन् ।