०६ साउन २०८३, बुधबार

भूकम्पका घाइतेलाई अस्पताल गएर भेटिन् एमाले सचिव अर्यालले, घटनास्थल पनि जाने तयारी

कात्तिक १८, २०८०
बुटवल
भूकम्पका घाइतेलाई अस्पताल गएर भेटिन् एमाले सचिव अर्यालले, घटनास्थल पनि जाने तयारी

एमाले सचिव नेकपा (एमाले) सचिव पद्मा अर्यालले जाजरकोट र रुकुम पश्चिममा गएको भूकम्पमा परी घाइते भएर उपचारत बिरामीहरूलाई भेट गरेकी छिन् ।

शनिवार बाँकेका अस्पतालमा उपचारतहरूलाई भेटेर उनले पीडित र घाइतेलाई आवश्यक सहयोगमा जुट्न आग्रह गरिन् । 

बिरामीका लागि रगत अभावको सूचना पाएपछि अभाव हुन नदिन एमालेको भ्रातृ संगठन युवासंघ र अनेरास्ववियु बाँके जिल्लाले तुरुन्तै रक्तदानको काम शुरू गरेको पूर्वमन्त्रीसमेत रहेकी अर्यालले जानकारी दिइन् । 

आवश्यक प्रबन्धका लागि अस्पतालसँग समन्वय गरी सहयोग गर्ने काम एमाले जिल्ला कमिटी, बाँकेले गर्ने उनले बताइन् । आइतवार घटनास्थलमा राहत सामग्री लिएर जाने तयारीमासमेत आफू रहेको उनले जानकारी दिइन् । 

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर शुक्रवार राति ६.४ म्याग्निच्युटको भूकम्प गएको थियो । अहिलेसम्म १३८ जनाको निधन भइसकेको छ भने कम्तीमा १६६ घाइते भएका छन् । 


 

salt training

कमेन्ट गर्नुहोस्